default_image

3 years ago

February 3, 2022

खेलकुदका तीन संघको शान्तिपूर्ण प्रदर्शन

75 views

0 Bookmark

काठमाडौ (हाम्रा खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई अनिर्णयको बन्दी बनाइराख्न नहुने भन्दै खेलकुदसँग सम्बन्धित तीन संस्थाले बिहीबार शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए), नेपाल ओलम्पियन संघ र राखेप कर्मचरी संघले संयुक्त रुपमा राखेप परिसरदेखि दशरथ रंगशालाको मुल ढोकासम्म र्याली समेत निकालेका थिए । जसमा तीन संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, कर्मचारीलगायतको सहभागिता थियो । र्यालीमा सहभागी कतिपय खेलाडीले आ आफ्नो खेल पोशाकसहित दुवै हातमा कालोपट्टी समेत बाधेर विरोध जनाएका थिए ।

झण्डै डेढ महिनादेखि राखेप नेतृत्व विहिन हुँदा राखेपको दैनिक काममा समेतमा असर परेकोले वैकल्पिक व्यवस्था गर्नका लागि समेत तीन संघले माग गरेका छन् । खेलकुदलाई लामो समय अनिर्णयको बन्दी बनाउँदा त्यसले दुरगामी असर पर्ने भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गरका हुन् ।

राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ संसोधन हुनुपर्ने माग राखेका छन् । उनले भने,‘हामीले ऐन निर्माणका क्रममा पनि आफ्नो भनाई राखेका थियौं । यो ऐनले मात्र खेलकुदको विकास सम्भव छैन, त्यसले यसको संसोधन जरुरी छ ।’

राखेप सदस्य सचिवको विवाद सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा वैकल्पिक व्यवस्था गर्न ऐनले नरोकेको भन्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई ध्यानाकर्षण गराएको पनि स्मारण गराए । ‘हामीले मन्त्री ज्यू वैकल्पिक व्यवस्थाका लागि समेत आग्रह गरेका छौं, उनले थपे, ‘सर्वोच्चमा पनि हामीले छिटो निर्णयका लागि आग्रह गरेका छौं । ’

तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवालले सरकारको निर्णयविरुद्ध दिएको रिटको सुनुवाईका सर्वोच्च अदालतले मंसिर २९ गते मन्त्रीपरिषद्ले राखेपको सदस्य सचिव नियुक्तका बारेमा गरेको पछिल्लो निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।

त्यसयता राखेप नेतृत्व विहिन रहँदै आएको छ । छलफलका दुवै पक्षलाई पटक पटक बोलाएपनि समय नभ्याएको कारण पेसी सर्दै आएको छ । कात्तिक १ मा सिलवाललाई राखेपबाट बर्खास्त गरेको मन्त्रीपरिषद्ले मंसिर १३ गते टंकलाल घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो ।

तीन संघले सदस्य सचिवको बर्खास्ती र नियुक्तिको विषयमा सर्वाेच्चमा परेको रिटको सुनुवाई समयमा हुन नसक्दा समग्र खेलकुद नै अनिर्णयको बन्दी बन्दा यसै वर्ष चीनमा हुने एसियन खेलकुुद, गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद र पाकिस्तानमा हुने १४औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी प्रभावित बनेको तथा परिषदमा कार्यरत प्रशिक्षक, कर्मचारीलगायत सम्वन्धित सबैको काममा प्रत्यक्ष रुपमा असर पारेको बताउँदै आएको छ ।

खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले राखेप नेतृत्व नहुँदा खेलाडीहरुको तयारीमा समेत असर परेको बताए । नेतृत्व नै नभएपछि आउँदै गरेका प्रतियोगिताको तयारी नै अन्यौलमा परेको छ, उनले भने,‘ यस्तोमा खेलाडीले कुन मनोबलले तयारी गर्छन् । त्यसले छिटो भन्दा छिटो समस्याको समाधान हुनुपर्दछ भन्ने हाम्रो माग हो ।’ आफूहरुको माग सुनुवाई नभए तीन संघले विरोधका थप कार्यक्रम ल्याउने पनि उनले बताए ।

ओलम्पियन संघका अध्यक्ष दीपक विष्टले लामो समय राखेप नेतृत्व विहिन हुँदा त्यसको असर समग्र खेलकुदमा परेको बताए । उनले खेलकुदमा खेल राजनीतिलाई स्वभाविक मान्न सकिने भएपनि दलगत राजनीतिले भने असर परेको बताए । ‘जुन सुकै अवस्थामा पनि खेलकुद रोकिनु हुँदैन भन्ने हाम्रो भनाई हो, उनले भने,‘त्यसका लागि आज हामीले यो शान्तिपूर्ण प्रदर्शन गरेका हौं । समास्या समाधानका लागि सम्बन्धित सबैको ध्यान जाओस् भन्ने हामी चाहन्छौं । ’

दुईपटक रिटको सुनवाइ रोकिएको सदस्य सचिवको विषयमा थप छलफलका लागि सर्वोच्चले माघ २४ गतेका लागि पुनः पेसी तोकेको छ ।

February 8, 2025

ट्राइयाथलनको सातौं साधारण सभा सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ट्राइयाथलन संघले शनिवार सातौं बार्षिक साधारण सभा गरेको छ । संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले निर्वाचनपछि संघले गरेका कामका बारेमा जानकारी दिदैं र चुनौतीका बारेका साधारण सभामा धारणा राखे । संघका भावी योजनालाई सहजतापूर्वक आयोजना गर्ने विषय अध्यक्ष श्रेष्ठले प्रतिनिधिलेहरुसँग सुझाव मागेका थिए । अर्को वर्ष वैशाख १३ र १४ गते पोखरामा […]

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

February 4, 2025

चेम्बर अफ कमर्सको खेलकुदका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ ।  चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।  नेपाल स्पोर्टस […]

Success

Thank you for your time.