3 years ago
January 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय भलिबल टोली र एपिएफकी स्पाइकर सरस्वती चौधरीको बायाँ घुँडाको सोमबार शल्यक्रिया भएको छ । सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा उनको घुँडाको शल्यक्रिया भएको हो ।
सर्जिकल अर्थोपेडिक विभागका डा. शैलेन्द्र श्रेष्ठ, डा. प्रविण नेपाल, डा. उमेश कार्की, डा. नेत्र कार्की, डा. समिर केसी तथा एनसथेसिया विभाग डा.सुरेन्द्रमान श्रेष्ठ , डा. पुन्डु श्रेष्ठ, डा. शोभा डंगोलको चिकित्सक टोलीले उनको घुँडाको शल्यक्रियामा सामेल थिए ।
दुर्बिनबाट उनको घुँडाको शल्यक्रिया गर्न झण्डै एक घन्टा लागेको जानकारी दिदै डाक्टर शैलेन्द्र श्रेष्ठले भने,‘ शल्यक्रिया राम्रो भएको छ । पुरानो चोट रहेछ । २-३ महिना टेक्न मिल्दैन । कोर्टमै फर्कन भने ६ देखि ९ महिना लाग्न सक्छ ।’
सरस्वती घुँडाको फिजियो भने मंगलबारबाट सुरु हुने डा. श्रेष्ठले जानकारी दिए । ३ महिनापछि ग्राउन्ड रिहाब सुरु हुन्छ । पूरा ठिक हुन ९ महिना जति लाग्न सक्छ, चोट कसरी हिल हुन्छ त्यसमा पनि भरपर्छ, उनले भने, खेलाडी कोर्ट फर्कन सक्ने भएपछि मात्र त्यसलाई पूर्ण रुपमा शल्यक्रिया सफल भएको मान्नु ठिक होला ।’
गत महिना बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोनको फाइनलका खेल्ने क्रममा चोट लागेको सरस्वतीले बताइएकी थिइन् । बंगलादेशबाट फर्केपछि उनले पुष २६ देखि माघ १ गते सम्म पोखरामा भएको टाइगर कप भलिबलमा भाग लिएकी थिइन् । एपिएफलाई टाइगर कपमा पहिलो पटक च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनी सर्वोत्कृष्ट खेलाडी समेत चुनिएकी थिइन् ।
सरस्वती राष्ट्रिय टोली र एपिएफकी महत्त्वपूर्ण खेलाडी मध्येकी एक हुन् । महिला टोलीले प्राप्त गरेको पछिल्ला सबै सफलतामा सरस्वती टोलीको सदस्य रहँदै आएकी छिन् । १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक जित्दा र दुई वर्षअघि स्वदेशमा भएको १३ औं सागमा रजत पदक जित्दा उनी टोलीको सदस्य थिइन् । त्यस्तै दुई वर्षअघि र गत महिना नेपालले सेन्ट्रल जोन जित्दा पनि सरस्वती त्यसको सदस्य थिइन् ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]