default_image

3 years ago

January 23, 2022

एपिएफ दिवसमा खेलकर्मीलाई सम्मान

181 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सशस्त्र प्रहरी बल (एपिएफ) नेपालले २१ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आफू मातहतको खेलकुदमा सहयोग गर्ने संस्थान तथा व्यक्तिलाई सम्मान गरेको छ ।

आइतबार एपिएफ मुख्यालय हल्चोकमा आयोजित कार्यक्रममा खेल सामग्री उत्पादन कम्पनि केल्मी र अग्नी ग्रुपलाई कदर पत्रबाट सम्मान गरिएको हो । अग्नी ग्रुपले एपिएफको विभिन्न खेलकुद टोलीलाई प्रायोजन गर्दै आएको छ । केल्मीले भने एपिएफ क्लबका फुटबल र भलिबललाई प्रायोजनका साथै सहुलियत दरमा आफ्ना उत्पादन उपलब्ध गराई गरि सहयोग गर्दै आएकोमा कदर पत्र प्रदान गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनालले केल्मीका प्रबन्ध निर्देशक उत्तम न्यौपानेलाई कदर पत्र प्रदान गरेका थिए । केल्मीले राष्ट्रिय महिला र पुरुष भलिबल टोलीलाई प्रायोजन गर्दै आएको छ ।

त्यसैगरि सोही अवसरमा एपिएफले खेलकुद प्रशासनमा रहि उत्कृष्ट कार्य गरेकोमा सशस्त्र प्रहरी निरिक्षक विजय केसीलाई पुरस्कृत गरेको छ । भलिबलका एसियन क्याडिडेन्ट रेफ्री समेत रहेका केसी एपिएफको फुटबल तथा भलिबल टोलीका व्यवस्थापक पनि हुन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.