3 years ago
January 14, 2022
विजय नेपाली, पोखरा
गतवर्ष ७ जना राष्ट्रिय टिम समावेश त्रिभुवन आर्मी क्लबलाई फाइनलमा हराउँदै गण्डकी प्रदेशले उपाधि जित्यो । उपाधि जित्दा गण्डकी टिम निकै बलियो थियो । प्रतियोगिताभर सबै टोलीलाई हम्मे हम्मे पारेको गण्डकीको १ वर्षमै खेल स्तरमा आमुल परिवर्तन देखियो ।
त्यतिमात्रै होइन टिममा समेत परिवर्तन देखियो । धेरैजसो नयाँ युवाखेलाडीहरु लिएर मैदानमा उत्रिएको गण्डकीको उपाधि रक्षा गर्न जाने मार्गमै आर्मीले अघिल्लो वर्षको बदला लिदैँ रोकिदिएको छ । आर्मीले बिहिबार ३–१ को सेटमा हराउँदै गण्डकीको उपाधिसम्म पुग्ने यात्रामा तगारो लगाइदिएको हो । गण्डकीको खेलाडी राम्रा भएपनि अनुभवी खेलाडीका अघि नयाँ खेलाडी चल्न सकेनन् । त्यतिमात्रै होइन २ खेलाडी त विभागमै पुगिसके ।
उपाधिमा पुग्नका लागि दुवै टिमलाई जित हासिल गर्नै पर्ने दबाब थियो । गण्डकीमा १७ वर्षका मोहम्मद मियाँ, १८ वर्षका देव राना, १९ वर्षका सन्तोष थापा र सफल वि.क जस्ता युवा अवस्थामा पुगेका खेलाडी समावेश छन् । युवा खेलाडीले आफ्नो क्षमता अनुसारको प्रदर्शन गरेपनि आर्मीसँग २५–१५,२०–२५,२५–१५ र २६–२४ को हार टार्न सकेन । अब गण्डकीले अन्तिम खेल हेल्प नेपाल संग खेल्दैछ । आर्मीको ३ खेलबाट ६ अंक रहेको छ । गण्डकीको भने ३ खेलबाट ३ अंक रहेको छ ।
आर्मीलाई फाइनल प्रवेशका लागि पुलिसलाई जित्नैपर्ने दबाब छ । उता हेल्प नेपालले एपिएफलाई ३–१ ले हराउँदै तालिकाको ७ अंकका साथ दास्रो स्थानमा उक्लिएको छ । हेल्प नेपालले पनि पहिलो सहभागितामै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । पुलिसको भने ३ खेलबाट ८ अंक रहेको छ । पुलिसले कुनैपनि खेलमा हार व्यहोरेको छैन् ।
उता महिला तर्फको खेलमा भने आयोजकको यात्रा नै सकिएको छ । ३ खेल खेलेको आयोजक टाइगर गु्रप पोखरा अंक विहिन छ । आयोजकलाई हराउँदै त्रिभुवन आर्मीले ६ अंक जोड्न सफल भएको छ । आर्मीले ३ खेलमा २ जित र १ हार व्यहोरेको छ । आर्मीले आयोजकलाई २५–२२, २५–१९,१६–२५ र २६–२४ ले हराउँदै दोस्रो जित निकालेको हो ।
नेपाल पुलिस क्लब र न्यु डायमन्ड बीचको अन्तिम खेल भने स्थगित भएको छ । खेलको चौथोे सेट चलिरहँदा साँझ परेपछि खेल स्थगित भएको हो । खेल स्थगित हुँदा न्यू डायमण्ड २–१ सेटले अगाडि रहेको थियो । तेस्रो सेट डायमन्डले २५–१७ ले आफ्नो पक्षमा पारेको थियो । पहिलो सेट पुलिसको पक्षमा २५–२३ ले रह्यो । दोस्रो सेटमा डायमन्डले २५–२१ ले आफ्नो पक्षमा पा¥यो । चौथो सेटमा पुलिस ११–८ ले अगाडि रहँदा रेफ्रीले दुवै टोलीको सहमतिमा खेल स्थगित गरेका थिए ।
हरी पाण्डे- कप्तान, गण्डकी प्रदेश
प्रदेशबाट खेल्न नयाँ भाइहरुले एउटा अवसर पाएका थिए त्यो अवसरको सदुपयोग गर्न सकेनन् । हामीलाई यहाँ भएको कभर्ड हलमा प्रशिक्षण गराउनै मानिरहेका छैनन् ।
यत्रो कभर्ड हल बनेको छ । यो कभर्डहल प्रयोगमा नआउनुको कारण के हो ? मैले बारम्बार भन्ने गरेको छु । हामीले त टे«निङनै भित्र गरौ भनेको थिए निमार्ण सम्पन्न भएको छैन भनेको छ ।
सबैभन्दा पहिला त भलिबल संघले नै हो खेलाडीलाई ल्याउने । त्यसका बाबजुत स्थानीय सरकार र प्रदेश सरकारले हो खेलाडीलाई कसरी राख्ने भन्ने कुरा । उहाँहरुले संरक्षण गर्न सके मात्रै त टिम बलियो बन्छ नत्र त उही खोजुवाको भरमा खेल्ने नै हो ।
समय हुँदैन एकैपटक प्रतियोगिता हुँदा मात्र टिम निमार्ण हुन्छ । एउटा जिल्लाको आउँछ अर्को जिल्लाको आउँछ अनि कहाँबाट टिम बन्छ त । विभागीय जस्तो वर्षेनी प्रशिक्षण लिएर खेल्ने हो भने हामीलाई कसैले हराउन सक्दैनन् । सबै लोकल खेल खेल्दै हिड्नेमात्रै हो । सबै जिल्लाको आउँदा समन्वय हुन गाह्रो छ ।
सुजन चोखाल- लिफ्टर, गण्डकी प्रदेश
पहिलाका खेलाडी भएको भए हाम्रो खेल अर्कै हुन्थ्यो । तलब त दिन सक्दैन तर प्रयास गर्ने हो दिनलाई । नदिएपनि केहि राहत दिएर राख्यो भने खेलाडी यहि बस्छन । विभागले सद्यैँ तालिम दिन्छ हामीले कहाँबाट पाउने । त्यसैले हामीलाई समस्या परेको हो ।
गण्डकी राम्रो टिम हो संरक्षण हुनुपर्छ -मानवहादुर श्रेष्ठ, त्रिभुवन आर्मी/नेपाली राष्ट्रिय टोली
गण्डकी राम्रो टिम हो । गण्डकी विरुद्ध जित निकाल्न हामी मात्रै होइन अन्य क्लबलाई पनि सहज छैन । राष्ट्रिय टिममा समावेश ७ खेलाडीहरु सम्मिलित टिमलाई नै जित्न सक्छ भने उहाँहरुको स्तर कहाँसम्मको होला । म पनि गण्डकी प्रदेशकै खेलाडी हुँ । यहाँबाट खेल्दा कसैको भविष्य छैन । उनीहरुको पनि त परिवार हुन्छ । घर व्यवहार धान्न पर्छ । निरन्तर तालिम दिन सक्नु पर्छ । मुख्य कुरा भनेकै आर्थिक पाटो हो । अब खेलेरै जिवन त चल्दैन । विभागमा जस्तो अन्त छैन । त्यसैले जिविकोपार्जन हुने गरी बनाउन सक्नुपर्छ । भलिबल संघले र प्रदेशलेपनि राम्रो संग हेरेर गर्नुपर्छ ।
स्थानीय सरकारको सहयोग चाहिन्छ -अरुणा शाही कप्तान ,(राष्ट्रिय महिला टोली/टाइगर ग्रुप पोखरा)
मलाई एकदमै दुःख लाग्छ हाम्रो आफ्नै टिम छैन । हाम्रो भलिबल यहाँसम्म आउनुको मुख्य विन्दु नै गण्डकी हो । पहिला ज्ञानुबाबा, टप्स र फिस्टेलले खेलाडी निकालिरहेको थियो अहिले हराए । स्थानीय सरकारले उनीहरुलाई केहि सहयोग गरेर फेरीपनि खेलाडी उत्पादन गराउनुपर्छ । अब विद्यालय स्तरबाट हामी जानुपर्छ । पहिला आफ्नै खर्चमा खेलाडी उत्पादन भएको थियो । अब त्यहि स्थानमा सहयोग गर्न अत्यन्तै जरुरी छ ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]