3 years ago
January 1, 2022
काठमाडौं (हाम्रो खेलकुद)– एपिएफ क्लबको महिला भलिबल टोलीका सफल पूर्व प्रशिक्षक ज्ञानेन्द्र विष्टको कोभिडका कारण शनिबार साँझ निधन भएको छ ।
नेपाल एपिएफ फुटबल क्लबका व्यवस्थापक समेत रहेका विष्टका समकालिन खेलाडी विजय केसीका अनुसार बलम्बुस्थित एपिएफ अस्पतालमा साँझ ६:५० बजे उनको मृत्यु भएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
कोरोना संक्रमण भएपछि पुस १२ गते उनलाई एपिएफ अस्पतालमा भर्ना गरिएको थियो । टिकापुरका स्थायी बासिन्दा ४२ वर्षे विष्टलाई काठमाडौं ल्याउनु अघि ५ दिनसम्म कोहलपुर अस्पतालमा उपचारका लागि राखिएको थियो ।
नेपाल भलिबल संघले आयोजना गर्ने एनभिए अवार्डमा विष्ट लगातार तीन पटक उत्कृष्ट प्रशिक्षक चुनिएका थिए । २०७४ सालमा उनको प्रशिक्षणमा एपिएफको महिला टोलीले देशभर आयोजना भएका ११ वटा प्रतियोगितामध्ये ९ वटाको उपाधि जितेको थियो ।
एपिएफमा असई पदबाट दुई वर्षअघि अवकास पाएका विष्ट पछिल्लो समय टिकापुरस्थित घरमै बस्दै आएको पनि केसीले जानकारी दिए । टिकापुर नगरपालिका कैलालीमा रहेको टिकापुर भलिबल ट्रेनिङ सेन्टरका प्रशिक्षकको रुपमा उनी कार्यरत रहँदै आएका थिए । २०६० सालमा आफूहरु एपिएफको पहिलो ब्याचको खेलाडीका रुपमा राष्ट्रिय प्रतियोगिता खेलेको केसीले स्मरण गरे । विष्टका श्रीमती र २ छोरा छन् ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]