default_image

3 years ago

January 1, 2022

विन्टर स्लाममा चट्टानद्वारा हेभीवेट बेल्ट रक्षा

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको आरडब्लु विन्टर स्लाममा चट्टानले हेभीवेट बेल्टको उपाधि रक्षा गरेका छन् ।

बूढानीलकण्ठको चुनीखेल मैदानमा भएको प्रतियोगिताको हेभीवेट उपाधिका लागि भएको प्रतिस्पर्धामा चट्टानले डेविडलाई हराउँदै हेभीवेट बेल्ट आफैसँग सुरक्षित राखे । उनले ८० हजार रुपैयाँ पुरस्कार पाए ।

लाइट हेभीवेटमा साइनले यूबीएल स्टोनलाई पराजित गरे । उनले ५० हजार रुपैयाँ पुरस्कार पाए । त्रिपल थ्रेट म्याचमा बाकाले एक्स हिरो र योङ सेडीको चुनौती पन्छाउँदै ४५ हजार रुपैयाँ जिते ।

लाइट वेट म्याचमा सिजे वल्र्डले महिला रेस्लर तनुलाई हराउँदै २५ हजार पुरस्कार जिते । निकै प्रतिस्पर्धात्मक हार्डकोर म्याचमा किङ रोबर्टले नुवाकोटे टाइगरलाई पराजित गरे । हार्डकोर च्याम्पियन किङ रोबर्टले ६० हजार प्राप्त गरे ।

प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिका वडा १३ को विशेष सहयोग थियो । वडा १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले स्थानिय पर्यटनको प्रवद्र्धनमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्रतियोगिताको हाम्रो खेलकुद डटकमले प्रत्यक्ष प्रसारण गरेको थियो ।

जलवायु दिवासको उपलक्ष्यमा दोश्रो आरडब्लु विन्टर स्लाम सिन्धुपोलचोकको गुफा डाँडामा आईतवार नै हुने संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् । जिल्ला विकास समन्वय समिति सिन्धुपालचोक र नेपाल रिङ रेस्लिङ संघको आयोजनामा हुने प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने छ । हेभी वेट च्याम्पियनले ७५ हजार, हार्डकोर च्याम्पियनले ६५ हजार, मिडल वेट च्याम्पियनले ४० हजार, ट्याग टिम च्याम्पियनले ४० हजार तथा लाइट वेट विजेताले ३५ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको अनुमानित बजेट १० लाख रहेको छ । दोश्रो आरडब्लु विन्टर स्लाममा पनि नुवाकोटे टाइगर, चट्टान, डेभिड, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एन्जल, तन्नु, सिजे, एससी, किङ रोबोर्ट, जोन, बाका, युबिएललगायतका चर्चित खेलाडीको पनि सहभागिता रहने छ ।

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

February 4, 2025

चेम्बर अफ कमर्सको खेलकुदका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ ।  चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।  नेपाल स्पोर्टस […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

Success

Thank you for your time.