3 years ago
December 28, 2021
काठमाडौं (हाम्रो खेलकुद)– देशका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता धावक जीतबहादुर केसी एक साता यता अस्पतालमा उपचार गराइरहेका छन् । एथलेटिक्स प्रतियोगितामा प्रयोग हुने स्टार्टर पेस्तोल सफा गर्ने क्रममा बायाँ हत्केलामा चोट लागेपछि ७४ वर्षे केसी गत मंगलबार अस्पताल भर्ना भएका हुन् ।
गत शनिबार नेपाल भेटनरी एसोसिएनको आयोजनामा दशरथ रंगशालामा भएको रन फर प्रोटिन हाफ म्याराथनमा प्रयोग भएको पेस्तोल तीन दिनपछि सफा गर्ने क्रममा उनको हत्केलामा चोट लागेको हो । चोट लाग्ने बित्तिकै त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल पुर्याएका केसीको मंगलबार हत्केलामा पोलेको भाग खुर्केर, टाँका लगाएर अनि प्लास्टर गरिएको छ ।
‘एक साता देखि अस्पतालमा छु । भोली घर पठाउनु भन्नुभएको छ,’ केसीले भने, ‘पेस्तोलको म्यागेजिन निकाल्न खोज्दा पढ्कियो, धुवाँ आउने ठाँउमै मेरो हत्केला परेर ढड्यो ।’
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले शनिबारको प्रतियोगिताको उद्घाटन गरेका थिए । केसीका अनुसार हाफ म्याराथनको सुरुवातका लागि पेस्तोल राम्ररी पड्केको थियो । १० हजार मिटरको पालोमा भने मिस फायर भएको थियो । प्रतियोगिता सकिएपछि त्यत्तिकै स्टोरमा राखिएको पेस्तोलको मंगलबार म्यागेजिन निकाल्न खोज्दा पढ्केको थियो ।
‘शनिबार प्रतियोगिता सकिएपछि घर गए । आइतबार विदा थियो । सोमबार अरुमा व्यस्त भए,’ उनले भने, ‘मिस फायर भएको याद थियो । त्यो म्यागेजिन निकाल्नु पर्यो भनेर प्रयास गर्दा पड्कियो ।’
राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा केसी ग्राउन्ड इन्चार्जका रुपमा कार्यरत छन् । विगतमा खाइपाइ आएको तलबको आधामा उनी काम गर्दै आएका छन् । ओलम्पियन समेत रहेका केसीले सन् १९७३ मा फिलिपिन्समा भएको ट्रयाक एन्ड फिल्डमा कास्य पदक जितेका थिए । कुनै पनि खेलाडीले देशका लागि जितेको त्यो पहिलो अन्तर्राष्ट्रिय पदक जितेका थिए । उपचारका क्रममा एक लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको केसीले जानकारी दिए ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]