default_image

3 years ago

December 25, 2021

विराट सांग्रिलामा अधिकारीको निरन्तरता

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– विराट सांग्रिला स्पोर्टिङ क्लबमा रुपेश अधिकारीको नेतृत्वले निरन्तरता पाएको छ । विराटनगर ९ को विराट सांग्रिलाको शनिबार सम्पन्न साधारण सभाले अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय समिति सदस्य समेत रहेका अधिकारीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

क्लबको महासचिवमा माधव भट्टराई, सचिव काशीराज पराजुली र कोषाध्यक्षमा दीपेन्द्र थापामगर चयन भएका छन् । एन्फाका उपाध्यक्ष शिक्षित पराजुली मुख्य अतिथि रहेको साधारण सभाले आर्थिक वर्ष २०७८÷०७९ का लागि २४ लाख ४५ हजार रुपैयाँको अनुमानित आयव्यय विवरण पारित गरेको छ । त्यस्तै टोलीले आउँदो आर्थिक वर्षमा हुने सी डिभिजन लिग र जिल्ला लिगमा भाग लिने निर्णय समेत गरेको छ ।

क्लबले परशुराम (कृष्ण) बस्नेतको संयोजकत्वमा ६ सदस्यीय सल्लाकार समिति समेत चयन गरेको छ । समितिको सदस्यमा अरुण राठी, विकास चौधरी, नवीन घिमिरे, अनन्तराज थापा र भोला सिलवाल रहेका छन् । सधारण सभाअघि क्लबले आयोजना गरेको रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

February 4, 2025

चेम्बर अफ कमर्सको खेलकुदका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ ।  चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।  नेपाल स्पोर्टस […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

Success

Thank you for your time.