3 years ago
December 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपालले बंगलादेशमा बिहीबारदेखि शुरु भएको एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
नेपालले श्रीलंकामाथि ३–२ को रोमाञ्चक पूनरागमन जित निकाल्दै विजयी शुरुवात गरेको हो । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा बिहीबार भएको खेलमा शुरुवाती दुई सेट गुमाएपनि उत्कृष्ट पूनरागमन गर्दै त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भएको हो ।
पहिलो सेट १९–२५ ले गुमाएको नेपालले दोस्रो सेट पनि २१–२५ ले गुमाउन पुगेको थियो । तेस्रो सेटमा २५–१५ को सहज जित निकाल्दै नेपाल खेलमा फर्किएको थियो । चौथो सेटमा सुरुवातमा पछि परेपनि नेपालले पूनरागमन गर्दै २५–१९ ले जित निकाल्न सफल भयो । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको पाँचौ तथा निर्णायक सेटमा १५–१३ को जित निकाल्न सफल भयो ।
अब नेपाली महिला टोलीले २४ डिसेम्वरमा माल्दिभ्ससँग खेल्नेछ । २५ डिसेम्वरमा घरेलु टोली बंगलादेशसँग तथा लिगको अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्ने तालिका छ । लिगकम नकआउट चरणपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ । तेस्रो र चौथोले २८ डिसेम्वरमा तेस्रो र चौथो स्थानको लागि खेल्नेछ । पुरुष र महिलाको फाइनल २९ डिसेम्वरमा हुनेछ ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]