3 years ago
December 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आयोजना हुन लागेको एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।
बंगलादेश भलिबल फेडेरेसनले आइतबार महिला तथा पुरुष टोलीको खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक भएको खेल तालिका अनुसार नेपाली महिला टोलीले २३ डिसेम्वरमा श्रीलंकासँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । सोही दिन पुरुष टोलीले उज्वेकिस्तानसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । २४ डिसेम्वरमा महिला टोलीले माल्दिभ्ससँग खेल्नेछ । सोही दिन पुरुष टोलीले बंगलादेशसँग खेल्नेछ ।
२५ डिसेम्वरमा महिला टोलीले बंगलादेशसँग तथा पुरुष टोलीले माल्दिभ्ससँग खेल्नेछ । २६ डिसेम्वरमा महिला टोलीले उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दा पुरुष टोलीले लिग चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ । महिला टोलीले लिग चरणको अन्तिम खेलमा २७ डिसेम्वरमा किर्गिस्तानसँग खेल्नेछ ।
लिगकम नकआउट चरणपछि पुरुष र महिलामा शीर्ष दुई टोलीले फाइनल खेल्नेछ । तेस्रो र चौथोले २८ डिसेम्वरमा तेस्रो र चौथो स्थानको लागि खेल्नेछ । पुरुष र महिलाको फाइनल २९ डिसेम्वरमा हुनेछ ।
च्याम्पियनसिपमा महिलातर्फ आयोजक बंगलादेश र नेपालसँगै श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । पुरुषतर्फ आयोजक बंगलादेशसँगै उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र नेपालको सहभागिता रहेको छ ।
सेन्ट्रल जोनको लागि नेपाल भलिबल संघले आइतबार महिला तथा पुरुष दुवै टोलीलाई बिदाई गरेको छ । टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ । टोलीमा नेपालबाट निर्णायकमा छनोट भएका एसियन रेफ्री क्यान्डिडेट विजय केसी र पुर्ण प्रसाद चौलागाई पनि त्यसतर्फ प्रस्थान गर्नेछ ।
यसअघि नेपाल भलिबल संघले गत साता महिला र पुरुषको अन्तिम १२ सदस्यीय टोली घोषणा गरेको थियो । पुरुष टोलीमा मानबहादुर श्रेष्ठ, भैरव बम र विनोद चन्दले पूनरागमन गरेका छन् । महिला टोलीमा कृपा अधिकारी र मनिषा चौधरीले पूनरागमन गर्दा कामना विष्ट, शान्ति थारु र लक्ष्मी चन्दले पहिलोपटक टोलीमा स्थान बनाएका छन् ।
१२ सदस्यीय पुरुष टोलीः
इम बहादुर राना, हरि हजुर थापा, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, टेकराज अवस्थी, हरि बहादुर अधिकारी, दुर्गा बहादुर खड्का, भैरव बम, विशाल विक, सरन सामरी क्षेत्री र विनोद चन्द
महिला भलिबलको अन्तिम टोली
प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, साफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ, अरुणा शाही र कृपा अधिकारी
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]