default_image

3 years ago

December 16, 2021

सुनमायालाई अल्ट्रा रेसको उपाधि, मिरा दोस्रो

160 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सुनमाया बुढाले थाइल्यान्डमा भएको एसियाकै ठूलो अल्ट्रा ट्रेल रनिङको उपाधि जितेकी छिन् । २ हजार भन्दा बढीले भाग लिएको ट्रेलमा सुनमाया महिलातर्फ विजेता र समग्रमा तेस्रो स्थान प्राप्त गरेकी हुन् ।

१ सय १० किलोमिटर अल्ट्रा दौड सुनमायाले १४ घन्टा ५४ मिनेट ०१ सेकेन्डमा दौड पूरा गरेकी थिइन् । सोहि विधामा अर्के नेपाली मिरा राई दोस्रो स्थान प्राप्त गरिन् । मिराले १७ घन्टा १२ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी थिइन् । थाइल्यान्डकी पिचोमाने राक्सकुलले २३ घन्टा ५४ मिनेट ४८ सेकेन्डमा दौडा पूरा गर्दै तेस्रो स्थान प्राप्त गरिन् ।

सुनमायाले उपाधिसँगै ५० हजार भाट (झन्डै १ लाख ८० हजार नेपाली रुपैयाँ) पुरस्कार प्राप्त गरिन् । उनी द नर्थ फेस एडभेन्चर टिमसँग आबद्ध रहँदै आएकी छिन् । त्यस्तै दोस्रो भएकी मिराले ४० हजार भाट (झन्डै १ लाख ४५ हजार नेपाली रुपैयाँ) पाइन् ।

सुनमायाले मिरालाई झन्डै २ घण्टाले पछि पारेकी थिइन् । उनी पुरुषतर्फ दोस्रा भएका सेड्रिक गोलेयाभन्दा मात्र ४ सेकेन्डले पछि रहेकी थिइन् । उनले अन्तिम १ किलोमिटरमा सेड्रिकलाई कडा चुनौती दिएकी थिइन् ।

सुनमायाले जितपछि आफ्नो टोलीको निरन्तर साथको कारण यो सम्भव भएको बताइन् । ‘म निकै खुसी छु । मैले आफ्नो उत्कृष्ट प्रदर्शन गरें र यसको कारण मेरा सहकर्मीको निरन्तर समर्थन र साथ थियो । म मेरो नयाँ प्रायोजक द नर्थ फेस र कोरोसका साथै मलाई साथ दिनुहुने सबैलाई धन्यवाद भन्न चाहन्छु,’ उनले भनिन् ।

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

February 4, 2025

चेम्बर अफ कमर्सको खेलकुदका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ ।  चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।  नेपाल स्पोर्टस […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

Success

Thank you for your time.