default_image

3 years ago

December 7, 2021

स्वर्ण विजेता पलेशासहित युथ पारा टोली स्वदेश फर्कियो

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली युथ पारा गेम्सका पदक विजेता तेक्वान्दो खेलाडीसहितको टोली मंगलबार स्वदेश फर्किएको छ । बहराइनको मानामामा सम्पन्न एसियाली युथ पारामा २ खेलका ४ नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

तेक्वान्दोका सहभागी तीनै खेलाडीले पदक जितेका थिए भने ब्याडमिन्टनका १ खेलाडीले प्रतियोगितामा भाग लिएका थिए । टोकियो पारा ओलम्पियन तेक्वान्दोकी पलेशा गोबद्र्धनले स्वर्ण, सिर्जना घिसिङले रजत र विशाल गर्बुजाले कांस्य पदक जितेकी थिइन् । ब्याडमिन्टनका एक्लो सहभागी प्रकाश अधिकारी पनि पदक नजिक पुगेका थिए । उनले क्वाटरफाइनल यात्रा तय गरेका थिए । क्वाटरफाइनलमा प्रकाश दक्षिण कोरियाका खेलाडीसंग पराजित भएपछि पदकबाट चुके ।

पारा तेक्वान्दो प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल– २ प्रशिक्षक कविराज नेगी लामा र टोली नेतामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य नन्दा बस्याल गेम्समा सहभागी थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतपछि पलेशाले टोकियो पारा ओलम्पिकको सहभागिता र तयारीको अनुभवले युथ पारा गेम्समा पदक जित्न ठूलो सहयोग गरेको बताउदै सहयोगी सबैप्रति अभार प्रकट गर्दै धन्यवाद दिइन् ।

टोलीलाई राखेपका सदस्य एकेन्द्र कुँवर, नेपाल तेक्वान्दोका संघका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङ, नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल, उपाध्यक्ष सुभाष श्रेष्ठ, ओलम्पियन दीपक विष्ट, परिवारजन, खेलाडीलगायतले स्वागत गरेका थिए ।

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

February 4, 2025

चेम्बर अफ कमर्सको खेलकुदका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ ।  चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।  नेपाल स्पोर्टस […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

Success

Thank you for your time.