3 years ago
November 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले आज (मंगलबार) पद तथा गोपनियताको सपथ लिएका छन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सिंहदरबारस्थित मन्त्रालयमा घिसिङलाई सपथ गराएका थिए । घिसिङले आजै राखेपमा पुगेर पदभार ग्रहण गर्ने राखेपले जनाएको छ ।
मन्त्री परिषद्को सोमबारको बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो । नेकपा माओवादीका नेता समेत रहेका घिसिङ नेपाल रग्बी संघका अध्यक्ष हुन् । उनी नेकपा माओवादी बागमती प्रदेश कमिटीका सचिवालय सदस्य समेत हुन् ।
मन्त्री गहतराजको प्रस्तावमा मन्त्री परिषद् बैठकले घिसिङलाई सदस्य सचिवमा चार वर्षको लागि नियुक्त गरेको थियो । सदस्य सचिवका लागि निवेदन दिएका १८ जनाबाट सिफारिस समितिले घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको दिएको थियो । सोही नाम मन्त्री गहतराजले मन्त्री परिषद् लगेका थिए ।
मन्त्री गतहराजले मन्त्रालयका सह सचिव कमलप्रसाद पोखरेलको संयोजकत्वमा कमला ज्ञावली र हरिबहादुर श्रेष्ठ सम्मलित छनोट समिति गठन गरेका थिए । मन्त्री परिषद्ले कात्तिक १ गते राखेपका तत्कालिन सदस्य सचिव रमेश सिलवालको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गरेको थियो । सिलवालले बर्खास्तविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएयता छनोटबाट नियुक्त हुने घिसिङ दोस्रो सदस्य सचिव हुन् । गत वर्ष असारमा ऐन लागू भएपछि सिलवाल पहिलो सदस्य सचिवका रुपमा नियुक्त भएका थिए ।
November 25, 2024
सूर्य शुभचिन्तक,वीरगञ्ज नेपाली महिला यु १९ क्रिकेट टोलीकी सदस्य वीरगञ्जकी क्रिकेट खेलाडी साना प्रविणलाई वीरगञ्ज महानगरपालिकाले सम्मान गरेको छ । महानगरमै आइतवार आयोजित एक कार्यक्रमका बीचमा महानगरले उनलाई ५१ हजार रुपैयाँसहित सम्मान गरेको हो । साना प्रविणले हालै सम्पन्न यू–१९ टी–२० महिला एसिया क्वालिफायरमा थाइल्याण्डविरुद्धको खेलमा अर्धशतक प्रहार गर्दै नेपालको कीर्तिमानी साझेदारी गरेकी थिइन् । […]
November 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौंकी सन्तोषी श्रेष्ठ र नेपाली सेनाका मुकेश पालले शनिवार गरिमा रोड रेसको उपाधि जितेका छन्। १० किलोमिटर दौड महिलामा सन्तोषी र पुरुषमा मुकेश पहिलो भएका हुन् । गरिमा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता एवं ओलम्पियन सन्तोषीले निर्धारित दूरी […]
November 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल २८औं संस्करणको यु-२१ तर्फको उपाधि विजेता नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य स्वदेश फर्किएका छन्। सदभावलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले तथा संघका पदाधिकारीहरुले स्वागत गरे। नेपाली खेलाडीले फाल्डो सिरिज अन्तर्गत ग्रान्ड फाइनलमा […]