3 years ago
November 26, 2021
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (रोखप) को इतिहासमा दोस्रो पटक छनोट प्रक्रियाका माध्यमबाट सदस्य सचिवको नियुक्ती हुने सम्भावना देखिएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार सदस्य सचिवको इच्छुक व्यक्तिलाई निवेदन दिन शुक्रबार सम्मको समय तोकिएको थियो । जसमा ओलम्पियन दीपक विष्टसहित डेढ दर्जनले आवेदन दिएका छन् ।
सदस्य सचिवको लागि आवेदन दिनेमा १८ जना विष्टसहित अच्युत लामिछाने, आरके विष्ट, रविराज कर्णिकार, ममता श्रेष्ठ, मानबहादुर गुरुङ, सुदिल शाही, टंकलाल घिसिङ, विनोदकुमार यादव, भरत महर्जन, देवराज चौलागाई, राजकुमार कार्की, दिलकुमारी नेपाल, जगतमान श्रेष्ठ, सिद्धार्थ लामा तामाङ, भरत चालिसे छुम्बी लामा र सुनिल नकर्मी छन् ।
आवेदन दिनेलाई छनोट समितिले आइतबारका लागि आफ्नो प्रस्तुतीका लागि बोलाएको मन्त्रालय श्रोतले जनायो । राखेप सदस्य सचिव बन्न पाउनेले आफ्नो योजनासहित आवेदन बुझाउनु पर्ने प्रावधान छ । कार्ययोजनाको संभाविता खाकासहित खेलकुदको वर्तमान अवस्थाको विश्लेषण, नीतिगत र कानुनी व्यवस्था, संस्थागत संरचनाको अवस्था, खेल पूर्वाधारको अवस्था, जनशक्तिको अवस्था, खेलकुद प्रतियोगितामा राष्ट्रिय अन्तर्राष्ट्रिय उपस्थिति र उपलब्धी, खेलकुद क्षेत्रमा सुधार गर्नु पर्ने प्रमुख पक्ष तथा क्षेत्रका बारेमा पनि आवेदकले आफ्नो धारणा राख्नुपर्नेछ ।
त्यस्तै संस्थागत क्षमताको विकास, खेलाडी तथा जनशक्ति विकास, भौतिक संरचनाको विकास, खेलकुद क्षेत्रमा संघ, प्रदेश र स्थानिय तहको समन्वय र सहकार्य र अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रभावकारी उपस्थिति कसरी गर्न सकिन्छ भन्ने विषय समेटेर प्रस्तातिव योजना प्रस्तुत गर्नुपर्नेछ ।
गत वर्ष खेलकुद विकास ऐन लागू भएपछि छनोट प्रक्रियाबाट रमेश सिलवाललाई तत्कालिन केपी ओली सरकारले सदस्य सचिव नियुक्त गरेको थियो । त्यति बेला २७ जनाले आवेदन दिएका थिए । रविराज कर्णिकारले त्यति बेला पनि आवेदन दिएका थिए । वर्तमान सरकारले चित्त बुझ्दो स्पष्टिकरण नभएको भन्दै कात्तिक १ गते सिलवाललाई बर्खास्त गरेको थियो । त्यो निर्णयका विरुद्ध सिलावल सर्वोच्च अदालत गएपनि नयाँ सदस्य सचिव नियुक्तीको प्रक्रिया अघि बढेको छ ।
त्यसका लागि युवा तथा खेलकुद मन्त्री महेश्वर गतहराजले मन्त्रालयका सह सचिव कमलप्रसाद पोखरेलको संयोजकत्वमा कमला ज्ञावली र हरिबहादुर श्रेष्ठ सम्मलित छनोट समिति गठन गरेका छन् । समितिले एक महिला अनिवार्यसहित ३ जनाको नाम सिफारिस गर्नेछन् ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार राखेप सदस्य सचिव खुला छनोटका आधारमा गर्नुपर्नेछ ।
सदस्य सचिवका लागि योग्यता र अनुभवको पाँच बुदा तय छन् । जसमा नेपाली नागरिक हुने पर्ने, नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविधालयबाट कम्तीमा स्नातक तह उतीर्ण भएको हुनुपर्ने, खेलकुद क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको, प्रचलित कानुनले अयोग्य नभएको र ३० वर्ष उमेर पूरा भएको हुनुपर्नेछ ।
छनोट समितिले गरेको सिफारिसको आधारमा मन्त्रीले मन्त्रीपरिषद् बैठकमा सदस्य सचिवको प्रस्ताव लगेर अनुमोदन गरेपछि राखेपले नयाँ सदस्य सचिव पाउनेछ ।
राखेप सदस्य सचिवका लागि आवदेन गर्नेहरु
१.अच्युत लामिछाने २. आरके विष्ट ३. रविराज कर्णिकार ४. ममता श्रेष्ठ ५.मानबहादुर गुरुङ ६. सुदिल शाही ७. टंकलाल घिसिङ ८. विनोदकुमार यादव ९. भरत महर्जन १०. देवराज चौलागाई ११. राजकुमार कार्की १२. दिलकुमारी नेपाल १३. जगतमान श्रेष्ठ १४. सिद्धार्थ लामा तामाङ १५. दीपक विष्ट १६. भरत चालिसे १७. छुम्बी लामा १८. सुनिल नकर्मी छन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]