3 years ago
November 24, 2021
काठमाडौं (हाम्रो खेलकुद)– देशका ठूला राजनीतिक दल अहिले महाधिवेशनको चटारोमा छन् । यस्तोमा खेलकुद क्षेत्रका संघका कतिपय पदाधिकारी पनि महाधिवेशनको प्रक्रियामा होमिएका छन् । देशकै दुई ठूला खेल संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल क्रिकेट संघ (क्यान) का मुख्य नेतृत्व पनि पार्टीको निर्वाचन प्रक्रियामा सहभागी भएका छन् ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द कांग्रेसको बैतडी जिल्ला कार्यसमितिको अध्यक्षमा भारी मतले निर्वाचित हुँदा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा भने काठमाडौं क्षेत्र नं ४ को महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् । चन्द ८ सय ९ मतका साथ विजयी भएका थिए भने उनको प्रतिद्वन्द्विले ४ सय ८९ मत प्राप्त गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जन ललितपुरबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । कांग्रेसका १४ औं केन्द्रिय महाधिवेशन मंसिर २४ देखि २६ गते सम्म काठमाडौंमा हुँदैछ । एन्फाकै वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ झापाबाट र एन्फाका महासचिव इन्द्रमान तुलाधर काठमाडौं क्षेत्र नं ९ बाट कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।
झापा क्षेत्र नं १ बाट नेम्बाङ ३ सय ६४ मत प्राप्त गर्दै प्रतिनिधि चुनिएका हुन् । त्यस्तै एन्फा र नेपाल ओलम्पिक कमिटी (एनओसी) का सदस्य दीर्घबहादुर केसी (कुमार) रुपन्देही ३ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । सुनसनरीबाट एन्फा केन्द्रीय सदस्य दीपक राई निर्विरोध महाधिवेशन प्रतिनिधि चुनिए ।
लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचन र लोकतान्त्रिक खेलकुद संघ गण्डकीका अध्यक्ष समेत रहेका नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेल पनि पराजित भएका छन् । शेरचनले कास्की क्षेत्र नं. ३ बाट महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गरेका थिए । पोखरेलले भने कास्की क्षेत्र नं १ खबाट प्रदेश प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए ।
यसैबीच, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको मंसिर १० देखि १२ गते सम्म चितवनमा हुने दसौ राष्ट्रिय महाधिवेशनका लागि नेपाल खेलकुद महासंघले पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, महासंघका अध्यक्ष रमेश पौडेल, महासचिव मेघराज पौडेल, शान्तामाया परियार र सन्जु महर्जनलाई महाधिवेशन प्रतिनिधि सर्वसम्मतले चयन गरेको छ ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]