6 years ago
April 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत बिहीबार भएको महिला राउन्ड रोविन खेलमा नेपाल च्याम्पियन तथा प्रदेश नम्वर ३ की भावना सुनुवारले दोहोरो जित निकाल्न सफल भएकी छन् ।
भावनाले पहिलो खेलमा गण्डकी प्रदेशकी सलिनी घिमिरेलाई ११–२, ११–० र ११–१ र प्रदेश ३ कै स्वस्थानी श्रेष्ठलाई ११–५, ११–४ र ११–७ ले हराइन् । यस्तै प्रदेश ३ कै विपना ब्लोनले आफ्नै प्रदेशका मन्जिला मगरलाई ११–१, ११–४ र ११–४ ले पराजित गर्न सफल भए । गण्डकी प्रदेशकी कृष्णा थापाले आफ्नै प्रदेशकी सलिना घिमिरेलाई ११–२, ११–० र ११–१ ले पराजित गरिन् ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को वर्ष कर्णाली प्रदेशमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुद २०८२ को अफिसियल लोगो र मास्कट सार्वजनिक गरिएको छ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले आज लोगो र मस्कट सार्वजनिक गरे। रेड पाण्डा (हाब्रे) दसौंको अफिसियल मास्कटको रुपमा रहनेछ। कर्णाली प्रदेशमा पाईने दुर्लभ जनावर […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा अर्को वर्ष हुने दसौं राष्ट्रिय खेलकुदको सर्खेतको वीरेन्द्रनगरमा मूल आयोजक समितिको सचिवालय स्थापना भएको छ।वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हातामा सचिवालय स्थापना गरिएको छ सचिवालयको आइतवार उद्घाटन गरिएको छ । संघ, प्रदेश र स्थानिय तहको प्रतिनिधित्व हुने गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद खेलकुद मन्त्री तेजुलाल चौधरी, […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद आयोजक समितिको सचिवालय अर्को साता स्थापना हुने भएको छ। दसौं मूल आयोजक समितिको पहिलो बैठकले उक्त निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चार बुँदै […]