default_image

2 years ago

July 7, 2023

विश्वविद्यालय खेलकुद माघमा

249 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रथम अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता आगामी माघको दोश्रो सातापछि हुने भएको छ ।

प्रथम अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता वैज्ञानिक र व्यवस्थित रुपमा सञ्चालन गर्न सरोकारवालसंग छलफल गर्न भक्तपुरको सानो ठिमीस्थित विश्वविद्यालय अनुदान आयोगको सभा हलमा शुक्रबार भएको अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालयको क्यालेन्डरसंग नजुध्ने गरी प्रतियोगिता माघ महिनामै सम्पन्न गर्ने सहमती भएको हो ।

तत्कालका लागि प्रतियोगितामा एथलेटिक्स, भलिबल, बास्केटबल, टेबलटेनिस र ब्याडमिन्टन खेल समावेश गर्ने, उक्त प्रतियोगिताका लागि खेलाडी छनोट प्रतियोगिता तथा खेलाडीको प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद्ले देशभरमा रहेका आफ्नो पूर्वाधार सम्बन्धित विश्वविद्यालयलाई प्रयोग गर्न दिनेलगायतका विषयमा पनि सहमति भएको छ ।

विश्वविद्यालय अनुदान आयोगको समन्वयमा राखेपले सरोकारवालासंग छलफल अघि बढाएर स्पष्ट खाका तयार गरी विश्वविद्यालय खेलकुदलाई स्थापित गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइरालाले खेलकुदसंग सारोकालवालाले खेलकुद वर्षको सुरुआत गर्नु पर्ने धारणा राख्दै खेलकुदलाई चलायमान बनाउन विश्वविद्यालय मुख्य शक्ति भएको बताए ।

राखेप सदस्य–सचिव टंकलाल घिसिङले खेलकुदको वास्तविक विकासका लागि बृहत राष्ट्रिय खेलकुदमा मात्र भर पर्न नहुने मान्यतालाई आत्मासात् गर्दै परिषद्ले विभिन्न स्तरका प्रतियोगिता आयोजना गर्ने योजना बनाइ रहेको बताए ।

उनले खेलकुद अत्तिरिक्त क्रियाकलाप नभइ अनिवार्य क्रियाकलाप हो भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको बताउदै सरोकारवाला सबैको साथ र सहयोगले मात्र खेलकुदको विकास सम्भव हुने बताए ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले अन्तरक्रियाबाट धेरै कुरा बुझ्ने अवसर पाएको बताउदै खेलकुद र खेलाडीको महत्व ठूलो भएको बताए ।

January 8, 2025

दसौं राष्ट्रिय खेलकुदको लागि सचिवालय उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको सचिवालय उदघाटन गरिएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) मा बुधवार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सचिवालयको उद्घाटन गरे। राखेपले दसौं राष्ट्रिय खेलकुद चैत २३ गते देखि ३० गतेसम्म कर्णाली प्रदेशमा गर्ने गरि मन्त्री परिषदलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सचिवालयको उद्घाटन गरेपछि मन्त्री […]

December 10, 2024

कोशी १० औं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो

हिमाल खरेल,बिर्तामोड कोशी प्रदेश खेलकुद विकास बोर्डले १० औं राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै प्रतियोगिताको तयारीका लागि जिल्लामा रकम पठाउने निर्णय गरेको छ । आज बोर्ड कार्यालयमा बसेको बोर्डको २३ औँ बैठकले प्रतियोगितालाई गति दिन जिल्लामा रकम पठाउने निर्णय गरेको हो । बोर्डका अध्यक्ष तथा सामाजिक विकासमन्त्री पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकमा राईले १० औँ राष्ट्रिय […]

December 6, 2024

दसौं राष्ट्रिय खेलकुद चैतमा !

काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुद २०८१ साल चैतमा कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद चैतको २३ देखि ३० गते हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रवार बसेको १ सय १८ औं बोर्ड बैठकले उक्त निर्णय गरेको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले जानकारी […]

Success

Thank you for your time.