2 years ago
October 12, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत हक्की प्रतियोगिता विहीबारदेखि सुरु हुने तालिका रहेको छ । तर एक दिन बाँकी हुँदासम्म मैदान भने अझै पूर्ण रुपमा तयार भएको छैन ।
पुरुषतर्फ खेल हेम्जाको गौरिशंकर खेल मैदानमा तथा महिलातर्फको गण्डकी बोर्डिङ स्कुलमा आयोजना गरिँदै छ । पर्याप्त भौतिक व्यवस्थापन नहुँदा प्रतियोगिता नजिकिदै जाँदा आयोजकलाई प्रतियोगिताको भौतिक व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ । विहीबार औपचारिक सुरुवात हुन लागेको हक्की प्रतियोगिताको लागि बुधबार मात्र हेम्जाको गौरिशंकर खेल मैदानका घाँस काट्नुका साथै मैदान व्यवस्थापन गर्ने लगायतका काम गरिएको नेपाल हक्की संघको केन्द्रिय उपाध्यक्ष हिमाल खड्काले बताए ।
बुधबार राति अबेरसम्म मैदानको घाँस काटिने र बाँकी विहीबार विहानैबाट काटिने तथा मैदान मार्किङ लगायतका कार्य हुने उपाध्यक्ष खड्काले बताए । उनले हतार हतारमा व्यवस्थापन गरिएका यस्ता खालका पुर्वाधारमा खेलाडीहरुलाई चोटपटकको चुनौती रहने गुनासो गरे ।
‘समय हुँदा खेल मैदान व्यवस्थापनतर्फ सम्बन्धित निकायले ध्यान दिएन,’ उनले भने, ‘मैदानमा अहिले भर्खर काटिएका घाँसका ठुटाहरु र ससाना ढुंगाका टुक्राहरु जताततै छन्, खेलाडीहरुलाई कसरी खेलाउने ?’
स्थानिय निकाय, खेल व्यवस्थापक लगायत सम्बन्धित निकायबीच समन्वय नभएकोले यस पटकको राष्ट्रिय प्रतियोगिता पनि दयनिय भौतिक अवस्थामा गराउनु पर्दा दुख लागेको उनले बताए । उनले भौतिक पुर्वाधार पर्याप्त नहुदा हक्की प्रतियोगिता प्रदेशबाहिर लैजाँदा राम्रो सन्देश नजाने भएकोले चुनौतिका बावजुत पनि कास्कीमै गराउन लागेको बताए ।
यता राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश गुरुङले छोटो समयमा सबै खेलको भौतिक व्यवस्थापन गर्दै गर्दा कुनै प्रतियोगिताहरु अभाव र चुनौतिका बावजुत सञ्चालन गर्न लागिएको स्विकार गरेका छन् । गण्डकी प्रदेश आयोजक रहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि केन्द्रबाट नै समयमा बजेट प्राप्त नभएकोले समयमा प्रतियागिताका लागि पुर्वाधारहरु व्यवस्थापन गर्न आयोजक चुकेको उनले बताए ।
‘प्रतियोगिताको लागि भौतिक व्यवस्थापनका लागि बजेट प्राप्त भएको छैन, मौखिक रुपमा मात्रै बजेटको कुरा भएको छ,’ सदस्य गुरुङले भने, ‘बजेट नभएकोले हामी यस विषयमा चुकेका छौ ।’ खेल स्थल छनौट तथा व्यवस्थापन हतारमा भएपनि प्रतियोगिता सफल बनाउनको लागि आयोजकका विभिन्न निकाय लागिपरेको उनले बताए ।
हक्कीमा पुरुषतर्फ नौ टिम र महिला तर्फ ७ टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको असोज २८ गते औपचारिक रुपमा उद्घाटन हुने भनिएपनि प्रतियोगिता अन्तर्गतका केहि खेलहरु भने सुरु भैसकेका छन् । नवौं अन्तरगत बिहीबार पुरुष र महिला फुटबल, महिला भलिबल, गल्फका खेलहरु सुरु हुनेछ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को वर्ष कर्णाली प्रदेशमा आयोजना हुने दसौं राष्ट्रिय खेलकुद २०८२ को अफिसियल लोगो र मास्कट सार्वजनिक गरिएको छ। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले आज लोगो र मस्कट सार्वजनिक गरे। रेड पाण्डा (हाब्रे) दसौंको अफिसियल मास्कटको रुपमा रहनेछ। कर्णाली प्रदेशमा पाईने दुर्लभ जनावर […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा अर्को वर्ष हुने दसौं राष्ट्रिय खेलकुदको सर्खेतको वीरेन्द्रनगरमा मूल आयोजक समितिको सचिवालय स्थापना भएको छ।वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हातामा सचिवालय स्थापना गरिएको छ सचिवालयको आइतवार उद्घाटन गरिएको छ । संघ, प्रदेश र स्थानिय तहको प्रतिनिधित्व हुने गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद खेलकुद मन्त्री तेजुलाल चौधरी, […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद आयोजक समितिको सचिवालय अर्को साता स्थापना हुने भएको छ। दसौं मूल आयोजक समितिको पहिलो बैठकले उक्त निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलवार राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतमा बसेको बैठकले विभिन्न चार बुँदै […]