काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडी सोनाम लामा थाइल्यान्डमा भएको ओपन कराते च्याम्पियनसिपमा काँस्य पदक जितेका छन् । अघिल्लो बर्षदेखि भाग लिएको उक्त प्रतियोगितामा नेपालले पदक जितेको यो पहिलो पटक हो । सोनामले ५५ केजी तौल समूहमा काँस्य जितेका हुन् । प्रतियोगितामा नेपालका १३ खेलाडीले भाग लिएका थिए ।