default_image

6 years ago

August 26, 2018

एसियाड कराँते : विजय र सोनाम पराजित

61 views

0 Bookmark

दीपक न्यौपाने

जाकार्ता – इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत कराँतेतर्फ आइतबार नेपालका सोनाम लामा र विजय लामा पहिलो चरणमै पराजित भएका छन् । सोनाम ६० केजी तौल समूहमुनि भियतनामका खेलाडी न्गुएन भान हाईसँग ३–० ले पराजित भएका हुन् ।

पुरुष ६७ केजी तौलसमूह मुनि विजय जापानका हिरोतो शिनोहारासँग १–० ले पराजित भए । आइतबारै भएको महिला ६१ केजी तौलसमुहमा सुनिता महर्जन थाइल्यान्डकी आर्म सुक्कीअसँग ४–१ ले पराजित भईन् ।

यससँगै पदकको अपेक्षा गरिएको करातेको ६ खेलाडीको चुनौती सकिएको छ । अब नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी रहेको छ । दिवस श्रेष्ठले ८३ केजीतौल समूहमा तथा अनु अधिकारीले ४९ केजी तौलसमूहमा प्रतिीपर्धा गर्नेछिन् । यसअघि नेपालका पर्शुराम बास्तोला, चन्चला दनुवार र रिता कार्की पराजित भईसकेका छन् ।

Success

Thank you for your time.