default_image

6 years ago

August 25, 2018

एसियाड करातेः चञ्चलापछि रीता पदक जित्नबाट वञ्चित

68 views

0 Bookmark

दीपक न्यौपाने

जाकार्ता – इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद पदकको आशा गरिएको करातेले पनि कमजोर शुरुवात गरेको छ । करातेको महिला एक कातामा कास्यपदक जित्नबाट चञ्चला दनुवार चुकैकै दिन स्पाइरिङमा रीता कार्की पनि पदक जित्नबाट चुकिन् ।

 

महिलाको ६८ केजीमाथि तौल समूहमा रीता कार्की कास्य जित्नबाट चुकेकी हुन् । कास्यपदकको लागि भएको स्पर्धामा रीता पाकिस्तानकी नर्गिससँग ३–१ अंकका आधारमा पराजित भइन् । यसअघि उनी क्वार्टरफाइनलमा चीनकी गाओ मेङमेङसँग पराजित भएकी थिइन् ।

तर, मेङमेङ फाइनलमा पुगेका कारण रीताले काश्यका लागि प्रतिस्पर्धा गर्न पाएकी हुन् । यसअघि कातातर्फ चञ्चला दनुवार पनि कास्यका लागि भएको स्पर्धामा थाइल्यान्डकी मोन्सिचा तारारात्तानकुलसँग ५–० ले पराजित हुदै कास्य जित्नबाट विमुख बनेकी थिइन् । पुरुष एकल कातातर्फ पर्शुराम बास्तोला पनि पहिलो चरणमै पराजित भएका थिए ।

Success

Thank you for your time.