default_image

7 years ago

March 11, 2018

खुल्ला कराते चैत्र पहिलो साता

81 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्योकुसिन कराते–डो संघ बज्रको आयोजनामा चैत पहिलो साता १५औं राष्ट्रिय पुरुष तथा १४औं राष्ट्रिय महिला खुल्ला फुलकन्टयाक्ट कराते प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता त्रिपरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कवर्डहलमा चैत २ र ३ गते हुने नेपाल क्योकुसिन कराते–डो संघ बज्रका अध्यक्ष जगत गौचनले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए । बज्रका अध्यक्ष जगत गौचनले मार्सल आर्टस् खेलको सुरुवात नेपालबाट भएकाले यसको विश्व नेतृत्व पनि नेपालले लिनुपर्नेमा पहल भैरहेको जानकारी गराए । सोही विषयलाई मध्यनजर गर्न अबको दुई वर्षभित्र एसियन स्तरको र ४ वर्षभित्र विश्व च्याम्पियनसिप गराउने योजना रहेको उनले सुनाए ।

प्रतियोगितामा ७ वटै प्रदेशको सहभागिता हुने गरि पुरुषतर्फ ७० जना र महिलातर्फ ३२ जना खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक तथा संघका उपाध्यक्ष रामजी प्रसाद बज्राचार्यले जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ ६५ केजीमाथि, ५५ केजमाथि र ५५ केजी मुनी गरी तीन तौल समूहमा प्रतिस्पर्धा हुने छ । महिलातर्फ भने खुल्ला तौल समूहमा हुनेछ । प्रतियोगितामा एकल कातामा पनि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । वर्षमा दुई प्रतियोगिता आयोजना गर्ने प्रावधान अनुरुप यसपटक महिलामा खुल्ला गरिएको अध्यक्ष गौचनले जानकारी दिए । अघिल्लो वर्ष पुरुषमा खुल्ला राखिएको थियो ।

हरेक तौल समूहका विजेताले १० हजार, दोस्रो हुनेले ५ हजार, तेस्रो हुनेले २ हजार ५ सय तथा चौथो हुनेले १२ सय रुपैया प्राप्त गर्नेछन् ।महिलातर्फको विजेताले पनि १० हजार, दोस्रो हुनेले ५ हजार, तेस्रो हुनेले २ हजार ५ सय तथा चौथो हुनेले १२ सय रुपैया प्राप्त गर्नेछन् ।

Success

Thank you for your time.