default_image

2 months ago

July 18, 2024

दक्षिण एसियाली कराते : कातामा नेपालको वर्चस्व

909 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मित्रराष्ट्र भुटानको थिम्पुमा आजदेखि सुरु आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा कातातर्फ नेपालले ८ स्वर्ण जितेको छ ।

प्रतियोगिताको पहिलो दिन नेपाललाई स्वर्ण दिलाउन सफल खेलाडीहरु सिनियर महिला एकल कातातर्फ एलिसा रास्कोटी मगर, पुरुष एकल कातामा स्वर्णिम मानन्धर, महिला यू२१ तर्फ सन्जु देशार र पुरुष क्याडेटतर्फ रेहान जावेदले नेपाललाई स्वर्ण दिलाए ।

एलिसाले सेमिफाईनलमा भुटान र फाईनलमा भारतलाई पराजित गरिन भने स्वनिमले सेमिफाईनलमा श्रीलंका र फाईनलमा भारतलाई पराजित गरेका थिए । सन्जुले फाईनलमा भुटानलाई पराजित गरिन् भने रेहानले भारतलाई पराजित गरि नेपाललाई स्वर्ण पदक दिलाए ।

जुनियर पुरुष कातातर्फ भने नेपालका अमृत थोकर भारतसंग पराजित हुन पुगे र जुनियर तर्फकै महिला एकल कातामा फाइनलमा श्रीलंका संग पराजित भई रेनिशा रिमालले रजत पदकमा चित्त बुझाए । त्यसैगरि नेपालले सिनियर महिला र पुरुष टिम काता तथा जुनियर महिला र पुरुष टिम कातामा समेत स्वर्ण पदक हात पार्यो ।

प्रतियोगिताको औपचारिक उदघाटन भुटानका राजकुमार टासु जिगेलले एक बिशेष समारोहका बिच गरेका थिए ।

Success

Thank you for your time.