7 years ago
February 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा भएको बीकेएसपी कप जुडो प्रतियोगितामा नेपाल बुधबार टिम च्याम्पियन बनेको छ ।
नेपाल ४ स्वर्ण, ३ रजत र २ कांस्यसहित टिम च्याम्पियन बनेको नेपाल जुडो संघका कार्यालय सचिव एवं टिम व्यवस्थापक ईश्वर रेग्मीले जनाएका छन् । त्यस्तै भारत दोश्रो भयो । अन्तिम दिन महिला ४४ केजीमुनि सोनिया भट्ट तथा पुरुष ५० केजीमुनि सुबोध मण्डल र ५५ केजीमुनि उत्तम प्रधान श्रेष्ठले नेपाललाई रजत दिलाए । महिला ५२ केजीमुनि अन्जु पाण्डेले कांस्य जितिन् ।
प्रतियोगिताको पहिलो दिन मंगलबार महिला ५७ केजीमुनि मनिता श्रेष्ठ प्रधान तथा पुरुष ६० केजीमुनि रोशनबहादुर दोङ, ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र ७३ केजीमुनि सुमन श्रेष्ठले स्वर्ण जितेका थिए । महिला ६३ केजीमुनि निर्मला भर्ती मगरले कांस्य जितेकी थिइन् ।