default_image

4 years ago

March 16, 2021

वीर गणेशमान किक बक्सिङ यसै महिना

199 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली कांग्रेस केन्द्रिय खेलकुद बिभाग तथा ललितपुर किक बक्सिङले संयुक्त रुपमा यसै महिना चौथो वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय किकबक्सिङ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

चैत २६ गते नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतियोगिताको उद्घाटन गर्ने प्रतियोगिता संयोजक समेत रहेका नेपाली कांग्रेस केन्द्रिय खेलकुद विभागका सचिव मीन कृष्ण महर्जन जानकारी दिए ।

गोदावरी नगरपालिकाको चापागाउँमा ३ दिन सम्म चल्ने प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, कराते, तेक्वान्दो, बक्सिङ,उसु, मुआई थाई , फुल कन्ट्याक्ट कराते लगायतका खेलाडीले भाग लिने ललितपुर किक बक्सिङ संघ अध्यक्ष पूर्व खेलाडी विनोद महर्जनले बताए।

प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र खुल्ला गरि ७ तौल समुहमा प्रतिस्पर्धा हुने बताइएको छ । त्यस्तै महिलामा ५५ केजी, ६० केजी, ६५ केजी र खुल्ला गरि ४ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रत्येक तौल समूहको विजेताले ३०, दोस्रो हुने खेलाडीले १५ र तेस्रा हुने दुई खेलाडीले जनही ८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सबै भन्दा बढि स्वर्ण पदक हासिल गर्ने टोली टिम च्याम्पियन हुने र त्यो टोलीले १ लाख , दोस्रो टोलीले ५० हजार र तेस्रो टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

April 27, 2025

एरिकासहित १२ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]

April 27, 2025

वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो- नेपाललाई २ स्वर्णसहित ११ पदक

काठमाडौं (हाम्रो खेलकुद)- जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण पदक जितेको छ । नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । योगेश १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।आइतवार सम्पन्न च्याम्पियनसिपमा नेपालले ३ रजत र ६ कांस्य पदक पनि […]

April 27, 2025

धादिङबेसीमा बागमती प्रदेश तेक्वान्दो हुने

काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]

Success

Thank you for your time.