default_image

10 years ago

August 9, 2015

भूकम्प पीडितका लागि थप २ टहरा

183 views

0 Bookmark

नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले विभिन्न २ स्थानका भूकम्प पीडित परिवारका लागि थप दुई टहरा निर्माण गरिदिएको छ ।

भूकम्प पीडितका लागि थप २ टहरा
भूकम्प पीडित काभ्रपलान्चोकको खरेलथोक वार्ड नं. ३ निवासी पदमनाथ खरेल र भक्तपुरको बाल्कोट निवासी कृष्णलाल दुवा श्रेष्ठका परिवारका लागि टहरा निर्माण गरिएको एनटीएका अध्यक्ष एवं तेक्वान्दो खेलाडी अशोक खड्काले जनाएका छन् ।
निर्माण कार्यमा अशोकसहित एनटीएका महासचिव तीर्थराज घिमिरे, मिसेस नेपाल रजनी खड्कालगायतले श्रमदान गरेका थिए । टहरा निर्माणका लागि बेजिङस्कोट (युके) निवासी सरिता गुरुङ, रिता राईलगायतले आर्थिक सहयोग गरेको खड्काले जानकारी गराए ।
एनटीएले भूकम्प पीडितको पुन:स्थापना अभियानअन्तर्गत अस्थायी बसोवासका लागि १५ टहरा बनाइ दिने घोषणा अनुरुप योसंगै १२ टहराको निर्माण कार्य पूरा भएको छ ।

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

March 1, 2025

कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते- दोस्रो दिन पुलिसलाई ६ स्वर्ण

ललितपुर (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन शनिवार पनि नेपाल पुलिस क्लबको वर्चस्व रह्यो। कुमुतेतर्फ आज भएको ७ स्पर्धामा पुलिसले ६ स्वर्ण र एपिएफले १ स्वर्ण पदक जित्यो ।‌ दुई दिनमा १२ वटा स्वर्ण‌ पदकको को छिनोफानो हुँदा पुलिसले १० तथा आर्मी र एपिएफले समान १ स्वर्ण पदक प्राप्त […]

Success

Thank you for your time.