default_image

4 years ago

February 15, 2021

ऐर अब पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षक लक्ष्मण बहादुर ऐरले पारा तेक्वान्दोको इन्टरनेसनल कोच सर्टिफिकेट लाइसेन्स प्राप्त गरेका छन् ।

विश्व तेक्वान्दो महासंघको आयोजनामा माघ ३० देखि फागुन २ गते सम्म सञ्चालन भएको दसौं पारा तेक्वान्दो अनलाइनस इन्टरेसनल कोच सर्टिफिकेसन कोर्स (लेभव वान) मा ऐर लाइसेन्स लिन सफल भएका हुन् । नेपालमा लेभल वान कोर्ष पूरा गर्ने ऐर चौथो प्रशिक्षक हुन् ।

यसअघि असोजमा कविराज नेगी लामा, आयशा शाक्य र विकेश विडारीले लेभव वान उर्तिण गरेका थिए । केहि महिना अघि लामाले भने लेभव टु उर्तिण गरेका थिए ।

ऐरका अनुसार ३ दिनसम्म हरेक दिन ३ घन्टाको कोर्षपछि १०० पुर्णाङ्क परिक्षा लिइएको थियो । जसमा ७० अंक ल्याउनेमात्र उर्तिण हुन्छन् । लेभव वान कोर्ष पूरा गर्ने प्रशिक्षकले पारा तेक्वान्दोको जी टु प्रतियोगितामा प्रशिक्षण दिन पाउनेछन् ।

नेपाल पुलिस क्लबका खेलाडी तथा प्रशिक्षक समेत रहेका ऐरको नेतृत्वमा कोभिडका कारण दर्जन बढी अन्तर्राष्ट्रिय अनलाइन पुम्से च्याम्पिनसिप आयोजना हुँदा पुलिसका खेलाडीले पटक पटक सफलता हासिल गरेका थिए ।

January 31, 2025

४ किक बक्सिङ खेलाडी भारत प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद ) – भारतको नयाँ दिल्लीमा हुने चौथो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शुक्रवार त्यसतर्फ प्रस्थान गरेको छ । माघ १९ देखि २३ गते सम्म हुने प्रतियोगिताको ६७ केजीमुनि सुनिम श्रेष्ठ, ५४ केजीमुनि आशिक कोली तथा ५१ केजीमुनि चिरन राई र भक्तराज जोशीले […]

January 27, 2025

कृष्ण प्रसाद भट्टराई स्मृति कराते अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरको आयोजना अर्को महिना चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ। प्रतियोगितालाई गोदावरी नगरपालिकाले मुख्य प्रायोजन गर्ने सोमवार पत्रकार सम्मेलनमा जानकारी दिइयो। गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे। प्रतियोगिता सातदोबाटो स्थित नेपाल कराते एकेडेमी […]

January 18, 2025

मेलम्चीमा राष्ट्रिय खुल्ला कराते सुरु

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल गोजु–रियो कराते–दो संघ शाखा डोजो मेलम्चीको आयोजनामा राष्ट्रिय खुल्ला कराते प्रतियोगिता सुरु भएको छ । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले शुक्रवार प्रतियोगिता उद्घाटन गरे । प्रतियोगितामा ७ प्रदेशबाट महिला १ सय ३० तथा पुरुष १ सय ४० गरि २ सय ७० खेलाडीको सहभागिता रहेको बताइएको छ । प्रतियोगितामा ४० […]

Success

Thank you for your time.