8 years ago
August 20, 2016
काठमाडा– नेपाली तेक्वान्दो खेलाडी निशा रावल रियो ओलम्पिकमा शनिबार चीनकी सुइन झेङसँग भएकी छिन् , उनको पराजय पछी नेपालको ब्राजिलमा जारी रियो ओलम्पिक यात्रा समाप्त भएको छ ।
यसपटक ओलम्पिकमा निशासँगै जुडोकी फुपुल्हामु खत्री, पौडी खेलाडी शिरिष गुरुङ, गौरिका सिंह, एथलेटिक्सका सरस्वती भंटराई, हरी रिमाल र आर्चरीका जीत बहादुर मौक्तानले प्रतिस्पर्धा गरेको थिए । ओलम्पिकका दौरान १ सय ५ सय मिटर दौडमा सरस्वती र पौडीको १ सय मिटर फ्रि स्टाइलमा शिरिषले राष्ट्रिय कीर्तिमानमा सुधार गरेको थिए ।
शनिबार ६७ केजीमाथिको तौल समूहमा निशा विश्व नम्बर एक चीनिया झेङसँग २–० ले पराजित भएकी हुन । संगीना वैद्यको प्रशिक्षण मा ओलम्पिक्स मा भाग लिएकी निशाले २–० को हारलाई सन्तोष जनक नतिजा भएको बताइन् । तर, निशाले चिनियाँ प्रतिद्वन्दी फाइनल पुगेको खण्डमा रेपेचेजको मौका भने पाउनेछिन्।
January 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरको आयोजना अर्को महिना चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ। प्रतियोगितालाई गोदावरी नगरपालिकाले मुख्य प्रायोजन गर्ने सोमवार पत्रकार सम्मेलनमा जानकारी दिइयो। गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे। प्रतियोगिता सातदोबाटो स्थित नेपाल कराते एकेडेमी […]
January 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल गोजु–रियो कराते–दो संघ शाखा डोजो मेलम्चीको आयोजनामा राष्ट्रिय खुल्ला कराते प्रतियोगिता सुरु भएको छ । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले शुक्रवार प्रतियोगिता उद्घाटन गरे । प्रतियोगितामा ७ प्रदेशबाट महिला १ सय ३० तथा पुरुष १ सय ४० गरि २ सय ७० खेलाडीको सहभागिता रहेको बताइएको छ । प्रतियोगितामा ४० […]
January 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियन च्याम्पियन्सिप कराते र काभा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको […]