5 years ago
June 24, 2020
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको गोदावरी नगरपालिकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ ।
नगरसभाका क्रममा बुधबार सागका पदक विजेता निकेश श्रेष्ठ र प्रशिक्षकद्वय दीपक श्रेष्ठ र गंगाराम महर्जनलाई नगदसहित सम्मान गरेको हो । उनीहरुलाई नगरपालिकका मेयर गजेन्द्र महर्जनले सम्मान गरेका थिए ।
गत वर्ष मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं सागमा उसुमा कास्य पदक जितेका निकेशलाई नगरले १ लाख रुपैयाँ प्रदान गरेको थियो । निकेश गोदावरी वडा नं ५ का बासिन्दा हुन् । त्यस्तै करातेतर्फका प्रशिक्षक श्रेष्ठ र महर्जनलाई नगरले समान २ लाख रुपैयाँ प्रदान गरेको थियो । गोदावरीका श्रेष्ठ वडा नं ११ र महर्जन वडा नं १२ का स्थायी बासिन्दा हुन् ।
सागमा करातेले १० वटा स्वर्ण पदक जितेको थियो । श्रेष्ठ कुमते र महर्जन कातातर्फका प्रशिक्षक थिए । दुवै प्रशिक्षण सागका स्वर्ण पदक जितो पनि हुन् । श्रेष्ठले आठौं र नवौं तथा महर्जनले आठौं सागमा स्वर्ण पदक जितेका थिए ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]