9 years ago
July 30, 2016
काठमाडौं (हाम्रो खेलकुद) – बेलायतको ब्राइटनमा जारी १८औं एडल्ट तथा सिनियर र १३औं जुनियर आइटीएफ विश्व तेक्वान्दो च्याम्पियनसिपको पाचौ दिन शनिबार ४ देखि १५ बर्ष उमेर समूहको ६४ केजीमा नेपालका सस्मन बस्नेतले रजत पदक जितेका छन् । बेलायतबाट रजेन्द्र केसीले दिएको जानकारी अनुसार वेल्सका खेलाडीसँग पराजित भएपछि उनले रजतमा चित्त बुझाउनु परेको थियो ।
कक्षा १० मा अध्ययनरत सस्मन बस्नेतले नेपालमा भएको दोस्रो सगरमाथा खुल्ला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका थिए ।
त्यसअघि दोस्रो दिन लक्ष्मण बस्नेतको ले कास्य पदक जितेका थिए । बस्नेत तेक्वान्दो आइटीएफ नेपालका अध्यक्ष एवं अन्तर्राष्ट्रिय प्रशिक्षक तथा रेफ्रीसमेत हुन् । उनले प्रतियोगिताको जुनियर तथा सिनियर प्रतियोगितामा रेफ्री का भूमिका पनि निर्वाह गरिरहेका छन् । आइटीएफ तेक्वान्दोमा नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउने पहिलो खेलाडी हुन् । उनले सन् २००४ को मलेसिया ओपनमा कास्य पदक जितेका थिए ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]