default_image

9 years ago

July 19, 2016

कोरियामा नेपाली तेक्वान्दोलाई चार स्वर्ण र तीन रजत

126 views

0 Bookmark

काठमाडौ।

दक्षिण कोरियामा भएको दशौा विश्व तेक्वान्दो कल्चरल एक्सपोमा नेपाली तेक्वान्दो टोलीले चार स्वर्ण र तीन कास्य सहित सात पदक हात पारेका छन् । नेपाली टोलीले जुलाई १४ देखि १८ सम्म भएको तेक्वान्दोको पुम्सेतर्फ एक स्वर्ण र तीन कास्य तथा ग्यरोगीमा तीन स्वर्ण हात पारेको नेपाली टोलीका प्रशिक्षक कुमार लामा घिसिङले बताए ।

teakwando wins medal in korea

दक्षिण कोरियाको मुजुमा भएको विश्व तेक्वान्दोमा सुभम श्रेष्ठले पुम्सेमा रसियालाई हराउदै स्वर्ण जिते । सोही विधाको सेमिफाइनमा हार बेहोरेका बेदान्त बस्न्यात,अनुस्का शिंह सुवाल र लुनिभा श्रेष्ठले कास्य पदकमा नै चित्त बुझाए । अन्तीम चारमा बेदान्तले स्पेनसाग,अनुस्काले जापान र लुनिभाले कोरियासाग हार बेहोरेकी थिइन् ।

त्यस्तै ग्यरोगीतर्फको ८० केजीमाथी अनिष महर्जनले नेपाललाई स्वर्ण दिलाए । महर्जनले फाइनलमा कोरियालाई हराउदै स्वर्ण पदक शुरक्षित गरे । उनले सेमिफाइनलमा फ्रान्सलाई हराउदै स्वर्ण पदकको लागि आफ्नो चूनौती पेश गरेका थिए । यू–१५ उमेर समुहको फाइटमा रिको चो श्रेष्ठले स्वर्ण जिते । रिकोले फाइनलमा चिनका खेलाडीलाई स्तब्ध पार्दै स्वर्ण पदक आफ्नो बनाए । यसअघि उनि भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । फाइटकै यू–९ उमेर समुहमा युकेन चौगुथीले क्यानडाका खेलाडीलाई हराउदै स्वर्ण पदक हात पारे । नेपाली टोलीलाई काठमाडौा जिल्ला तेक्वान्दो कार्यसमितीका सचिव कुमार लामा घिसिङले प्रशिक्षण गरेका थिए ।

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

Success

Thank you for your time.