5 years ago
November 28, 2019
प्रकाश तिमल्सिना, काठमाडौं
पदकका आधारमा तेक्वान्दो नेपालका लागि सबैभन्दा फलदायी खेल । नेपालले खेल्ने ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता क्षेत्रिय स्तरको दक्षिण एसियाली खेलकुद (साग), महादेशिय खेल एसियाली खेलकुद होस् वा विश्व खेलको महाकुम्भ ओलम्पिक । यी सबैमा नेपाललाई चिनाउने खेल तेक्वान्दो नै स्थान सबैभन्दा माथि छ । तेक्वान्दोकी एसियन च्याम्पियनसिप वा विश्व च्याम्पियनसिपमा पनि नेपाली खेलाडीको प्रदर्शन सन्तोषजक नै मान्नुपर्दछ ।
चार वर्षको अन्तरमा हुने एसियाडको दुई दशकमा नेपाली तेक्वान्दो खेलाडीले १४ वटा पदक जितेका थिए । अहिले सम्म नेपालले एसियाडमा २४ पदक जितेको छ त्यसमा आधा भन्दा बढी तेक्वान्दो छ । सन् १९८६ देखि २००६ को एसियाड सम्म नेपालले १४ पदक जितेको थियो । त्यसमा १९९८ को बैंकक एसियाडमा सविता राजभण्डारीले रजत पदक जितेकी थिइन् ।
नेपाली खेलाडीले व्यक्तिगत स्पर्धामा प्राप्त गरेको त्यो अहिले सम्मकै ठूलो पदक हो । त्यस्तै दीपक विष्टले २००२ र २००६ मा एसियाडमा कास्य पदक जितेका थिए । त्यति मात्र होइन प्रदर्शनी खेलका रुपमा १९८८ को ओलम्पिकमा विधान लामाले कास्य पदक जितेका थिए । ओलम्पिकमा छनोट भएर खेल्ने एकमात्र खेलमा तेक्वान्दो नै पर्दछ । ओलम्पिकमा ५ दशक भन्दा लामो नेपालको यात्रामा तेक्वान्दोकी संगिना बैद्य र दीपकले मात्र ओलम्पिकका लागि छनोट चरण पार गर्न सफल भएका थिए । संगिना एथेन्स ओलम्पिकका लागि छनोट भएको चार वर्षपछि दीपकले बेजिङ एसियाड खेलेका थिए ।
सागको तेक्वान्दो इतिहास दुई दशक पुग्दैछ । यसअघि १९९९ मा स्वदेशमा आयोजना भएको सागमा नेपाली टोलीले सानदार प्रदर्शन गरेको थियो । नेपाली खेलाडीले १४ खेलाडीले स्वर्ण पदक जितेको थियो । तेक्वान्दो र करातेले समान १४ स्वर्ण पदक जितेपछि नेपाल साग इतिहासको पदक तालिकामा पहिलो पटक दोस्रो स्थानमा पुगेको थियो ।
१९९९ को आठौंदेखि २००४, २००६,२०१० र २०१६ को संस्करण सम्म आइपुग्दा नेपाली खेलाडीले २४ स्वर्ण, १४ रजत र ८ कास्य पदक जितेका छन् । सागमा पनि नेपाली तेक्वान्दो सफल खेलमा पर्छ । दुई दशक पछि साग फेरि स्वेदश फर्कदा तेक्वान्दोबाट पुरानै प्रदर्शनको अपेक्षा गरिएको छ ।
अर्को यसपटक पदकमा पनि विगतमा भन्दा व्यापक बृद्धि भएको छ । यसपटक तेक्वान्दोकै पुम्से विधा थपिएको छ । गेरुगी (फाइट) र पुम्से (काता) मा गरि यसपटक २९ स्वर्ण पदकमा नेपाल तेक्वान्दो खेलाडीले चुनौति पेश गर्नेछन् । पहिलाको तुलनामा झन्डै दोब्बरको संख्यामा पदक भएकाले पनि यसपटक नेपालले आठौंको इतिहासलाई तोड्ने अपेक्षा गरिएको छ ।
मुख्य प्रशिक्षक नविनकुमार श्रेष्ठले विगतका अन्तर्राष्ट्रिय प्रतियोगितामा भन्दा यसपटकको तयारी सन्तोषजनक रहेको बताएका छन् । ‘हाम्रो दुई टोलीमध्ये गेरुगीले चीन र पुम्से टोलीले मलेसिया पुगेर प्रशिक्षणको अवसर पाए । उनीहरुले त्यहाँको राष्ट्रिय खेलाडीसँगै प्रशिक्षण र स्पाइरिङ गर्ने अवसर पाएका छन्,’ उनले भने,’ त्यसले हाम्रा खेलाडीले कमी कमजोरी सुधार्ने मौका पाएका छन् । यसपटकको अभ्यासले खेलाडीको मनोबल उच्च भएको छ ।’
चीनमा प्रशिक्षणमा रहँदा नेपाली खेलाडीले डब्लूटिएफको जी वान मान्यता प्राप्त चाइना ओपन खेलेको थियो । त्यहाँ नेपालले १ रजत र ५ कास्य पदक जितेको थियो । त्यसले पनि खेलाडीमा आफुमाथि थप विश्वास जागेको छ । अहिले तेक्वादो टोलीमा ५ खेलाडी गेरुगीमा र १ पुम्सेमा सागमा पदक जितिसकेका खेलाडी छन् । मनिता शाहीले सागमा एक स्वर्णसहित २ पदक जितिसकेकी छिन् ।
त्यस्तै सागकी स्वण पदक विजेता आयशा यसपटक पुम्सेमा आफ्नो चुनौति पेश गर्दैछिन् । मनिता र आयशाले २००६ को एसियाडमा कास्य पदक पनि जितेका थिए । मुख्य प्रशिक्षक श्रेष्ठले बढी भन्दा बढी सफलताका लागि तेक्वान्दो टोली दृढ रहेको सुनाए । गेरुगीका लागि उनीसहित दक्षिण कोरियाली प्रशिक्षक किम योङ दाल, संगिना र दीपक रहेका छन् । पुम्सेमा नोर्बु लामा, हिरा थापा र टार्जन सुब्बाले टोलीको कमान सम्हालिरहेका छन् ।
१३ औं सागका लागि नेपाली तेक्वान्दो टोली
गेरुगी महिला – निशा रावल ७३ केजी, निमा गुरुङ ५७ केजीमुनि, काजल श्रेष्ठ ४६ केजीमुनि, युनिशा राई ४९ केजीमुनि, अस्मिता खड्का ५३ केजीमुनि, मनिता शाही (इन्दिरा बस्नेत उमेरका कारण खेल्न अयोग्य ) ६२ केजीमुनि, संगिता बस्याल ६७ केजीमुनि र अप्सरा कार्की ७३ केजीमुनि क्यारोगी
गेरुगी पुरुष – वीर बहादुर महरा ६८ केजीमुनि, सक्षम कार्की ८७ केजीमाथि, मनोज मल्ल ५४ केजीमुनि, ज्ञानेन्द्र हमाल ६३ केजीमुनि, गोविन्द मगर ५८ केजीमुनि, निश्चलमान श्रेष्ठ ७४ केजीमुनि, किरण मगर ८० केजीमुनि र भुपेन श्रेष्ठ ८७ केजीमुनि
पुम्से पुरुष
१८ देखि २४ वर्ष – कृष्ण तामाङ, शिशिर श्रेष्ठ, असिम राउत, दिपेन्द्र गुरुङ
२४ देखि २९ वर्ष – कमल श्रेष्ठ, जित बहादुर बोटे, प्रेम बहादुर लिम्बु
३० वर्षमाथि – रेजिन रिमाल र सन्जिव ओझा
पुम्से महिला
२४ देखि २९ वर्ष – पार्वती गुरुङ, निता गुरुङ, प्रशंसा क्षेत्री, सुशिला राई
१८ देखि २३ वर्ष – सीना मादेन, निशा दर्नाल, स्वस्तिका तामाङ, सन्जिला तिमल्सिना र
३० वर्षमाथि – आयशा शाक्य
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – भारतको नयाँ दिल्लीमा हुने चौथो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शुक्रवार त्यसतर्फ प्रस्थान गरेको छ । माघ १९ देखि २३ गते सम्म हुने प्रतियोगिताको ६७ केजीमुनि सुनिम श्रेष्ठ, ५४ केजीमुनि आशिक कोली तथा ५१ केजीमुनि चिरन राई र भक्तराज जोशीले […]
January 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरको आयोजना अर्को महिना चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ। प्रतियोगितालाई गोदावरी नगरपालिकाले मुख्य प्रायोजन गर्ने सोमवार पत्रकार सम्मेलनमा जानकारी दिइयो। गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे। प्रतियोगिता सातदोबाटो स्थित नेपाल कराते एकेडेमी […]
January 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल गोजु–रियो कराते–दो संघ शाखा डोजो मेलम्चीको आयोजनामा राष्ट्रिय खुल्ला कराते प्रतियोगिता सुरु भएको छ । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले शुक्रवार प्रतियोगिता उद्घाटन गरे । प्रतियोगितामा ७ प्रदेशबाट महिला १ सय ३० तथा पुरुष १ सय ४० गरि २ सय ७० खेलाडीको सहभागिता रहेको बताइएको छ । प्रतियोगितामा ४० […]