default_image

5 years ago

November 9, 2019

साग अघि तेक्वान्दो टोलीको ठूलो सफलता, ज्ञानेन्द्रलाई रजत

324 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना स्वदेशमा आयोजना हुने १३ दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा चीनमा रहेको नेपाली तेक्वान्दो टोलीले द बेल्ट एन्ड रोड चाइना ओपन इन्टरनेसनल च्याम्पियनसिपको दोस्रो जित एक रजतसहित तीन पदक जितेको छ । नेपाली टोलीले १ रजत र ५ कास्यसहित ६ पदक जितेको छ । पहिलो दिन नेपाली टोलीका ३ खेलाडीले कास्य पदक जितेका थिए ।

विश्व तेक्वान्दो महासंघ (डब्लूटिएफ) को जी वान मान्यता प्राप्त च्याम्पियनसिपमा ज्ञानेन्द्र हमालले रजत पदकले रजत पदक जितेका छन् । त्यस्तै भूपेन्द्र श्रेष्ठ र निशा रावलले कास्य पदक जितेका छन् । ६३ केजी मूनिको तौल समूहमा ज्ञानेन्द्र फाइनलमा चीनका खेलाडीसँग पराजित भएका थिए । चोटका कारण उनले फाइनलमा सोचे अनुरुप खेल्न नसकेको टोलीका प्रशिक्षक दीपक विष्टले बताएका छन् । त्यसअघि उच्च प्रदर्शन गर्ने क्रममा ज्ञानेन्द्रले चीनका खेलाडलाई पहिलो खेलमा र कोरियका खेलाडीलाई सेमिफाइनलमा हराएका थिए ।

प्रशिक्षक विष्टका अनुसार जी वान खेलमा नेपालको यो अहिले सम्मकै उच्च प्रदर्शन हो । ओलम्पियन निशाले ७३ केजी माथिको तौल समूहमा कास्य पदक जितिन् । पहिलो खेलमा बाई पाएकी उनी सेमिफाइनलमा चीनकी खेलाडीसँग पराजित भइकी थिइन् । ८७ केजी मूनिको तौल समूहमा भूपेन्द्रले बाई पाएका थिए । सेमिफाइनलमा चीनका खेलाडीसँग पराजित भएपनि उनी कास्य पदक जित्न सफल भए ।

 

टोलीका अन्य सदस्यको प्रदर्शन भने सोचे अनुरुप हुन सकेन । एसियाली खेलकुदकी कास्य र सागकी स्वर्ण पदक विजेता मनिता शाही ७३ केजी मूनिको तौल समूहको आफ्नो पहिलो खेलमै पराजित भइकी थिइन् । ६३ केजी मूनिको तौल समूहमा अप्सरा कार्की पनि पहिलो खेलमै पराजित भइन् । त्यस्तै ६२ केजी तौल समूहमा संगिता बस्याल पहिलो खेलमा चीनकी खेलाडीसँग पराजित भइकी थिइन् । ८७ केजी माथिको तौल समूहमा सक्षम कार्की पहिलो खेलमै चीनका खेलाडीसँग पराजित भएका थिए ।

पहिलो दिन काजल श्रेष्ठ, युनिसा राई र मनोज मल्लले कास्य पदक जितेका हुन् । महिलातर्फ काजलले ४६ केजी मूनि, युनिशाले ४९ केजी मुनि र पुरुषतर्फ मनोजले ५४ केजी मूनिको तौल समूहमा पदक जितेका हुन् ।

साग अघि ६ खेलाडीले पदक जितेपछि नेपाली टोलीमा उत्साह छाएको उल्लेख गर्दै भने ओलम्पियन समेत रहेका विष्टले भने, ‘यो ओपन च्याम्पियनसिप भएकाले एसियाका स्तरीय खेलाडीको यसमा सहभागिता रहेको छ । यो च्याम्यिनसिपमा सहभागी खेलाडीको व्यक्तिगत वरियता र त्यसका आधारमा सम्बन्धित राष्ट्रिय तेक्वान्दो संघको पनि वरियता बढ्छ । जी वानमा पदक जित्नु भनेको तेक्वान्दोमा नेपालमा पनि उत्कृष्ट भन्ने प्रमाण हो ।’

सागका लागि यो प्रदर्शनले मनोबल पक्कै बढाएको छ । विष्टसहित तेक्वान्दोका मुख्य प्रशिक्षक नवीन श्रेष्ठ, ओलम्पियन संगिना बैद्य र कोरियन प्रशिक्षक याङ दालले टोलीलाई प्रशिक्षण दिइरहेका छन् । दुई सातादेखि चिनमा रहेको तेक्वान्दोको फाइट (गेरुगी) टोली मंसिर ६ गते स्वदेश फर्कनेछ । तेक्वान्दोको पुम्से टोली भने प्रशिक्षणका लागि मलेसियामा छन् । सो टोली पनि मंसिर ६ गते नै फर्कने नेपाल तेक्वान्दो संघले जनाएको छ । १३ औं साग मंसिर १५ गते देखि २४ गते सम्म काठमाडौं र पोखरामा आयोजना हुँदैछ ।

April 27, 2025

एरिकासहित १२ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]

April 27, 2025

वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो- नेपाललाई २ स्वर्णसहित ११ पदक

काठमाडौं (हाम्रो खेलकुद)- जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण पदक जितेको छ । नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । योगेश १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।आइतवार सम्पन्न च्याम्पियनसिपमा नेपालले ३ रजत र ६ कांस्य पदक पनि […]

April 27, 2025

धादिङबेसीमा बागमती प्रदेश तेक्वान्दो हुने

काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]

Success

Thank you for your time.