default_image

5 years ago

November 8, 2019

साग अघि तेक्वान्दोका ३ खेलाडीले चीनमा कास्य पदक जिते

199 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना स्वदेशमा आयोजना हुने १३ दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा चीनमा रहेको नेपाली तेक्वान्दो टोलीका ३ खेलाडीले द बेल्ट एन्ड रोड चाइना ओपन इन्टरनेसनल च्याम्पियनसिपमा कास्य पदक जितेका छन् ।


काजल श्रेष्ठ, युनिसा राई र मनोज मल्लले कास्य पदक जितेका हुन् । महिलातर्फ काजलले ४६ केजी मूनि, युनिशाले ४९ केजी मुनि र पुरुषतर्फ मनोजले ५४ केजी मूनिको तौल समूहमा पदक जितेका हुन् ।

टोलीका प्रशिक्षक दीपक विष्टका अनुसार काजले हङकङकी खेलाडीलाई हराउँदै सेमिफाइनल पुगेकी थिइन् । जहाँ उनी थाइल्यान्डकी खेलाडीसँग पराजित भइन् । अफगानिस्तानी खेलाडीलाई हराउँदै अघि बढेकी युनिसा चीनकी खेलाडीसँग पराजित भएकी थिइन् । त्यस्तै हङकङका खेलाडीलाई पहिलो खेलमा हराएका मनोज सेमिफाइनलमा चीनका खेलाडीसँग पराजित भएका थिए ।

आज अन्य खेलाडीमध्ये वीरबहादुर महराले चीनका खेलाडीलाई हराए भने क्वार्टरफाइनलमा अफगानिस्तानका खेलाडीसँग पराजित भए । चीनकै खेलाडीलाई पहिलो खेलमा जितेका किरण आले अर्को खेलमा चीनकै खेलाडीसँग हार्न पुगे । निमा गुरुङ, अस्मिता खड्का र निश्चमान श्रेष्ठ तीनै जना पहिलो खेलमै चीनका खेलाडीसँग पराजित भएका थिए ।

साग टोलीका ४ महिला र ४ पुरुष खेलाडीले विश्व तेक्वान्दो महासंघ (डब्लूटिएफ) को जि वान मान्यता प्राप्त च्याम्पिनसिपमा शनिबार प्रतिस्पर्धा गर्नेछन् । जसमा निशा रावलले ७३ केजी माथि, मनिता शाहीले ७३ केजी मूनि, अप्सारा कार्कीले ६३ केजी मुनि, संगिता बस्यालले ६२ केजी मूनिमा प्रतिस्पर्धा गर्नेछिन् ।

त्यस्तै पुरुषतर्फ गोविन्द आलले ५८ केजी मूनि, ज्ञानेन्द्र हमालले ६३ केजी मूनि, भूपेन्द्र श्रेष्ठले ८७ केजी मुनि र सक्षम कार्कीले ८७ केजी माथिको तौल समूहमा चुनौति प्रस्तुत गर्नेछन् ।

दुई सातादेखि चिनमा रहेको तेक्वान्दोको फाइट (गेरुगी) टोली मंसिर ६ गते स्वदेश फर्कनेछ । तेक्वान्दोको पुम्से टोली भने प्रशिक्षणका लागि मलेसियामा छन् । सो टोली पनि मंसिर ६ गते नै फर्कने नेपाल तेक्वान्दो संघले जनाएको छ । १३ औं साग मंसिर १५ गते देखि २४ गते सम्म काठमाडौं र पोखरामा आयोजना हुँदैछ ।

April 27, 2025

एरिकासहित १२ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]

April 27, 2025

वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो- नेपाललाई २ स्वर्णसहित ११ पदक

काठमाडौं (हाम्रो खेलकुद)- जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण पदक जितेको छ । नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । योगेश १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।आइतवार सम्पन्न च्याम्पियनसिपमा नेपालले ३ रजत र ६ कांस्य पदक पनि […]

April 27, 2025

धादिङबेसीमा बागमती प्रदेश तेक्वान्दो हुने

काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]

Success

Thank you for your time.