default_image

6 years ago

October 1, 2019

नियतवश ओलम्पियन भत्ता काटिएकोमा खेलाडीको गुनासो

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन भएवापत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उपलब्ध गराउने प्रोत्साहन भत्ता रोकिएपछि त्यसको कारण खोतल्न ओलम्पियन आफै जुटेका छन् । राखेपले दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता र ओलम्पियनलाई प्रोत्साहन स्वरुप मासिक भत्ता दिदै आएको छ । तर, केहि ओलम्पियन जसले देशका लागि सागमा पदक दिलाएका छन्, त्यस्ता खेलाडीले ओलम्पियन भए वापतको भत्ता भने पाएका छैनन् ।

 

केहि दिन अघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका ओलम्पियनहरुले मंगलबार श्रेष्ठकै अगुवाईमा राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई भेटेर गुनासो राखेका थिए । यसरी जानेमा सागका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर, राजेन्द्र भण्डारी , दीपक विष्ट र कमल अधिकारी छन् ।

यी चारै खेलाडी सागका स्वर्ण पदक विजेता र ओलम्पियन हुन् । मानन्धरले ४ पटक ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दा संगिना, राजेन्द्र र दीपकले भने समान १ पटक ओलम्पिक खेलेका छन् । मानन्धरले सन् १९७६, १९८०, १९८४ र १९८८ मा गरि चारपटक ओलम्पिक खेलेका थिए । संगिना र राजेन्द्रले सन् २००४ को एथेन्स ओलम्पिक खेलेका थिए । दीपकले सन् २००८ को बेजिङ ओलम्पिकमा देशको प्रतिनिधित्व गरेका थिए । त्यसमा संगिना र दीपकले एसियाली स्तरको छनोट चरण पार गरेर ओलम्पिकमा खेल्ने अवसर पाएका थिए ।

सरकारले सागको स्वर्ण पदक विजेता भएवापत र ओलम्पियन भएवापत दिएको प्रोत्साहन भत्ता राखेपले कटौति गरेकोमा खेलाडी शसंकित भएका छन् । चार बाहेक टिका बोगटी र कमल अधिकारीको पनि प्रोत्साहन भत्ता पाउने सुचिबाट नाम हटाइएको मंगलबार थाहा भएको छ । राखेपले सागमा एउटा स्वर्ण पदक जित्नेलाई मासिक ५ हजार र ओलम्पियनलाई मासिक ४ हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ । सागमा जति स्वर्ण जित्यो प्रत्येक स्वर्णको ५ हजार रुपैयाँ खेलाडीले पाउँदै आएका छन् ।

प्रोत्साहन भत्ता नदिएकोमा गुनासो गर्दै उनीहरुले सदस्य सचिव सिलवाललाई ध्यानाकर्ष पत्र बुझाएका छन् । ओलम्पियन दीपकका अनुसार सदस्य सचिव सिलवालले ओलम्पियनहरुले भत्ता पाउनुपर्नेमा आफु रहेको जनाउँदै किन भत्ता रोकिएको विषयमा आफुले बुझ्ने आश्वासन दिएका छन् ।

खेलाडी संघका अध्यक्ष श्रेष्ठले घोषणा भइसकेको भत्ता नदिनु खेलाडीको अपमान भएको बताएका छन् । उनले नियतवश ६ ओलम्पियनलाई भत्ता नदिएको हुन सक्ने शंका व्यक्त गरे । निर्वतमान सदस्य सचिव केशवकुमार विष्टले खेलाडीहरुले आफ्नो पक्षमा नबोलेकोमा बेला बेला गुनासो गर्ने गरेको स्मरण गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘हामीले पत्रकार सम्मेलन गरेर उहाँको तारिफ गरोस् भन्ने चाहनुभएको थियो । त्यो हामीले गरेनौं । त्यसको असर कहि न कहि यो विषयमा छ भन्न लाग्छ । नत्र सरकारले विनियोजन गरिसकेको भत्ता दिन उहाँहरुलाई केले रोक्यो । विष्ट ज्यूकै पालामा यो रोकिएको थियो ।’

सागका कीर्तिमानी धावक मानन्धरले यस्तो विभेदको आफुले कल्पना नगरेको बताए । ‘सागमा ३ पटक स्वर्ण पदक जिते । चार पटक ओलम्पिक खेले,’ उनले भने,‘ सरकारले दिने भनेर निर्णय गरिसकेको प्रोत्साहन भत्ता किन रोकिएको मैले बुझेको छैन । यसमा राजनीति गर्नुपर्ने विषय हो र ? हामीले कसैलाई खुसी पार्न होइन, देशका लागि खेलेका हौं । सम्मान पनि हामीलाई देशले गरेको हो । यसमा कोहि व्यक्तिलाई चित्त बुझेन भनेर रोक्नु अन्याय हो ।’ मानन्धरले सन् १९८७ मा भारतको कोलकातामा सम्पन्न सागमा म्याराथनमा राखेको २ घन्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमानलाई अहिले सम्म कसैले तोड्न सकेका छैनन् ।

सदस्य सचिव सिलवालले भत्ता उपलब्ध गराउनका लागि पुरा सहयोग गर्ने आश्वासन दिदै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई पनि आफ्नो गुनासो राख्न सल्लाह दिएको सागका चार पटकका स्वर्ण पदक विजेता दीपकले जानकारी दिए । मन्त्री विश्वकर्मालाई आज व्यस्त रहेकोले भेट्ने प्रयास सफल भएकोले बुधबार भेट्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

दीपकले नेपालका लागि सबैभन्दा बढी सागमा ४ वटा स्वर्ण पदक र एसियाली खेलकुदमा २ वटा कास्य पदक जितेका छन् । तेक्वान्दोकी एसियन च्याम्प्यिन संगिनाले सागमा २ वटा स्वर्ण पदक जितेकी थिइन् भने अलस्टार च्याम्पियन राजेन्द्र पनि सागका स्वर्ण पदक विजेता हुन् ।

April 27, 2025

एरिकासहित १२ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]

April 27, 2025

वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो- नेपाललाई २ स्वर्णसहित ११ पदक

काठमाडौं (हाम्रो खेलकुद)- जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण पदक जितेको छ । नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । योगेश १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।आइतवार सम्पन्न च्याम्पियनसिपमा नेपालले ३ रजत र ६ कांस्य पदक पनि […]

April 27, 2025

धादिङबेसीमा बागमती प्रदेश तेक्वान्दो हुने

काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]

Success

Thank you for your time.