default_image

6 years ago

September 16, 2019

ओलम्पियन विष्टसहित ४ प्रशिक्षकको बेलायतमा सम्मान

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) बेलायतले प्रशिक्षक प्रशिक्षणका लागि बेलायत पुगेका ओलम्पियन दीपक विष्टसहित ४ प्रशिक्षकलाई सम्मान गरेको छ । लन्डनस्थित ह्यारोस्थित माया पबमा आइतबार आयोजित कार्यक्रममा विष्ट, त्रिभुवन आर्मी क्लबका दानबहादुर ऐरी, नेपाल पुलिस क्लबका रन्जन श्रेष्ठ र प्रशिक्षक कविराज खड्गीलाई सम्मान गरेको थियो ।

कार्यक्रममा ब्रिटिश सांसाद वीरेन्द्र शर्मा, यती नेपाल एसोसिएसन यूकेका अध्यक्ष ध्रुब केसी, ओमन एसोसिएसन यूकेका अध्यक्ष आरती श्रेष्ठ, सोलिसिटर राजु थापा, गोर्खा बियरका संस्थापक हरि केसी, क्याप्टेन आर के श्रेष्ठ, सेफ एसोसिएसनका अध्यक्ष दधि आचार्य, यती एसोसिएसनकाका पूर्व अध्यक्ष शशिधर नेपाललगायतका व्यक्तिहरुको उपस्थिति थियो ।

युके स्पोर्टस र ग्रेट ब्रिटेन तेक्वान्दो एसोसिएसन तथा नेपाल तेक्वान्दो संघबीच दुई वर्षअघि भएको सम्झौता अनुसार संघका सचिव समेत रहेका ओलम्पियन विष्ट सहितको टोली १० दिनको प्रशिक्षणका लागि बेलायत पुगेको हो । सेप्टेम्बर १ देखि १० सम्म म्यानचेस्टरमा भएको प्रशिक्षणमा भाग लिएर उनीहरु फर्केको एनएनआइपिए बेलायतका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीले जानकारी दिए ।

सम्मानले प्रशिक्षण जीवनमा अझै काम गर्ने उर्जा र हौसला मिलेको एनएनआइपिएका निर्वतमान अध्यक्ष समेत रहेका विष्टले बताए । कार्यक्रममा एनआरएनएका आइसिसी उपाध्यक्ष कुल आचार्य, यती नेपाली एसोसिएसन यूके तथा एनएनआइपिए बेलायले प्रशिक्षहरुलाई उपहार दिएका थिए ।

April 27, 2025

एरिकासहित १२ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]

April 27, 2025

वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो- नेपाललाई २ स्वर्णसहित ११ पदक

काठमाडौं (हाम्रो खेलकुद)- जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण पदक जितेको छ । नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । योगेश १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।आइतवार सम्पन्न च्याम्पियनसिपमा नेपालले ३ रजत र ६ कांस्य पदक पनि […]

April 27, 2025

धादिङबेसीमा बागमती प्रदेश तेक्वान्दो हुने

काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]

Success

Thank you for your time.