5 years ago
August 31, 2019
दिपक न्यौपाने
सोफिया /टर्की – मार्सल आर्टस्का विश्व च्याम्पियनसिपमा नेपाली खेलाडीले भाग लिन थालेको लामो समय भइसकेको छ । अलग अलग खेलको विश्व च्याम्पियनसिपमा भाग लिने खेलाडीको सुचि लामो भइसकेको छ । अब विस्तारै विश्व च्याम्प्यिनसिपमा नेपालको प्राविधिक जनशक्ति पनि प्रयोग हुन थालेको छ । यसबाट पनि नेपालको प्राविधिक पक्षलाई बलियो भएको प्रष्ट पारेको छ ।
शनिबार मात्रै दक्षिण पूर्व युरोपको बुल्गेरियास्थित पुरानो शहर पल्भदिभमा आइटिएफ तेक्वाक्दो विश्व च्याम्पियनसिपको २१ औं संस्करण सम्पन्न भएको छ । जहाँ नेपालसहित ८४ देशका खेलाडीले भाग लिएका थिए । विश्व च्याम्पियनसिपमा नेपाली खेलाडीको प्रदर्शन सामान्य रह्यो । सोही च्याम्पियनसिपमा नेपालका दुई रेफ्रीले सहभागी भए, जसले नेपालको प्राविधिक जनशक्तिको प्रगतीलाई दर्शाएको छ ।
विश्व भरका ८० रेफ्रीमध्ये नेपालका घमबहादुर थापा सबै भन्दा कान्छा थिए । अर्को नेपाली थिए अन्जुनाथ श्रेष्ठ । थापा डेढ दशकदेखि आइटिएफमा आबद्ध छन् । बाग्लुङमा जन्मिएर स्थायी रुपमा काठमाण्डौ सामाखुसी बस्दै आएका उनले मेमा मलेसीयामा सर्टिभाइड भएका थिए ।
३० वर्षे थापाले खेलाडी त्यसपछि प्रशिक्षक हुँदै आफुलाई रेफ्रीका रुपमा उभ्याएका हुन् । अहिले विश्व च्याम्पियनसिपमा रेफ्रीको भूमिका निर्वाह गर्दा उनीमा खुसीको सिमा थिएन । ‘सानै उमेरमा तेक्वान्दोमा लागे ,’ थापाले भने –’ जिन्दगीमा खेलबाहेक अरु केहि सोचिएन । अन्र्तराष्ट्रिय मन्चमा खेल्दै र खेलाउँनै अहिले यहाँसम्म आइपुगेको छु । ‘
अर्का सिनियर रेफ्री ४० वर्षे अन्जुले तेक्वान्दोमै तीन दशक बिताईसकेको छन् । नेपाल आइटिएफका उपाध्यक्ष समेत रहेका ललिलपुरका रैथाने श्रेष्ठ खेलबाहेक अरु धेरै सोच्ने गरेका छ्रैनन् । १३ वर्षदेखि उनी उनी रेफ्रीका रुपमा सक्रिय छन् । सन् २००६ मा उनले भारतबाट सर्टिभाइड भएका थिए । देश भित्र खेलाडी र रेफ्रीलाई हेर्ने नजर सकारात्मक नभएको उनको अनुभव छ ।
‘रेफ्रीहरुका बारेमा सरकारी पक्षबाट कुनै सहयोग हुँदैन । सबै व्यक्ति पहलमा गर्नुपर्ने बाध्यता छ,’ उनी सुनाउँछन् । थापाले भने खेलाडीका रुपमा विश्व च्याम्प्यिनसिप खेलको ८ वर्षमा रेफ्रीको भूमिका निर्वाह गरेका छन् । २०११ मा उनले खेलाडीका रुपमा विश्व च्याम्पियनसिप खेलेका थिए ।
‘धेरै पटक विदेश यात्रा गरिसकेका श्रेष्ठ र थापालाई विदेशमै बस्न भने अहिले सम्म इच्छा लागेको छैन । तेक्वान्दो नै मेरो जिन्दगी भयो ,’ थापा अगाडी भन्छन – ‘मलाई अमेरिका, क्यानडालगायत अन्य देशमा पनि बस्ने अवसर नमिलेको होइन । तर, म सबै छोडेर देशकै आइटिएफ तेक्वान्दोमा लागिरहेको छु, रमाइरहेको छु । ‘
श्रेष्ठ पनि विदेश बस्ने अवसर छाडेर स्वदेशमै आइटिएफ विकासमा निरन्तर लागिरहेका छन् । ‘१० बर्षको क्यानडा र ५ बर्षको अमेरीकाको भिसा छ । नेपाली जहाँ जहाँ छन्, तेक्वान्दोबाट त्यहाँ पुगिसके । कतिले उतै बस्ने सल्लाह पनि दिन्छन्, ‘ थापाले भने, ‘तर म त यहा आइटिएफलाइ अझै कसरी अगाडी बढाउन सकिन्छ भन्ने सोच्छु । आफ्नो ज्ञानको दायरा अझै फराकिलो बनाउन चाहन्छु । ‘
उनको भनाईमा श्रेष्ठ पनि सहमत छन् । उनले भने ‘हामीले थुप्रै अवसर छोड्यौ , तर तेक्वान्दो छाडेनौं । राज्य बाट खेलाडी,रेफ्री र प्रशिक्षकका लागि हौसला हुन सके राम्रो ।’ आइटिएफका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशको टेक्निकल प्रमुख समेत रहेका थापा राष्ट्रिय ब्याल्कबेल्ट कमिटीका अध्यक्ष पनि हुन् ।
January 31, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – भारतको नयाँ दिल्लीमा हुने चौथो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शुक्रवार त्यसतर्फ प्रस्थान गरेको छ । माघ १९ देखि २३ गते सम्म हुने प्रतियोगिताको ६७ केजीमुनि सुनिम श्रेष्ठ, ५४ केजीमुनि आशिक कोली तथा ५१ केजीमुनि चिरन राई र भक्तराज जोशीले […]
January 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरको आयोजना अर्को महिना चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ। प्रतियोगितालाई गोदावरी नगरपालिकाले मुख्य प्रायोजन गर्ने सोमवार पत्रकार सम्मेलनमा जानकारी दिइयो। गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे। प्रतियोगिता सातदोबाटो स्थित नेपाल कराते एकेडेमी […]
January 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल गोजु–रियो कराते–दो संघ शाखा डोजो मेलम्चीको आयोजनामा राष्ट्रिय खुल्ला कराते प्रतियोगिता सुरु भएको छ । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले शुक्रवार प्रतियोगिता उद्घाटन गरे । प्रतियोगितामा ७ प्रदेशबाट महिला १ सय ३० तथा पुरुष १ सय ४० गरि २ सय ७० खेलाडीको सहभागिता रहेको बताइएको छ । प्रतियोगितामा ४० […]