6 years ago
July 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले दोलखाको शैलुङ गाँउपालिकामा हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण गर्ने भएको छ । शैलुङ गाँउपालिकाकाले भोग चलनका लागि ५ रोपनी जग्गा उपलब्ध गराएसँगै तेक्वान्दो संघले अब ट्रेनिङ सेन्टरको गुरुयोजनमा जुट्ने जनाएको छ ।
बर्षायाम सकेपछि कामलाई तीब्रता दिने उल्लेख गर्दै तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले निर्माण सुरु गरको तीन वर्षमा योजना सम्पन्न गर्ने लक्ष्य राखेको बताएका छन् । अग्लो भूमागको वातावरणमा प्रशिक्षण लिएका खेलाडीहरुको उर्जा शक्ति औसत खेलाडीको भन्दो उच्चे र उत्कृष्ट हुने भएकोले यस्ता तालिम केन्द्र आवश्यक रहेको औल्याउँदै तेक्वान्दो संघले यो प्रयास थालेको जनाएको छ ।
शैलुङ गाँउपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले राजधानीमा मंगलबार आयोजित कार्यक्रममा तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणालाई गाँउपालिकाका तर्फबाट भोग चलनका लागि चिठ्ठी हस्तान्तरण गरेका थिए । गाँउपालिकाको असार १० गते बसेको पाँचौं गाँउ सभाबाट सर्वसम्मतले तेक्वान्दो खेलको विकासका लागि ट्रेनिङ सेन्टर बनाउन जग्गा दिने निर्णय पास भएको अध्यक्ष दुलालले जानकारी दिए ।
शैलुङको वडा नं १ र ६ मा रहेको ५ रोपनी जग्गा तेक्वान्दो संघले भोग चलन गर्ने दुलालले जानकारी दिए । ‘स्थानिय निकायले जग्गा दिदा लालपूर्जा दिन नसकेपनि भोग चलनको लागि दिने अधिकार छ,’ अध्यक्ष दुलालले भने,‘ हामीले त्यसैका आधारमा जग्गा तेक्वान्दो संघलाई दिएका हौं ।’
संघले प्राप्त गरेको जग्गा समुन्द्री सतहबाट ३ हजार मिटर राष्ट्रिय खेलाडीहरुको विशेष तालिमका लागि ट्रेनिङ सेन्टर उपयेगी हुने विश्वास लिएको तेक्वान्दो संघले त्यहाँ उदीयमान खेलाडीलाई विशेष प्रशिक्षण, अन्य देशका खेलाडीका लागि पनि तालिम दिन सकिने, अन्तर्राष्ट्रिय स्तरको ट्रेनिङ सृन्टर बनाउन सक्ने लक्ष्य लिएको छ ।
तेक्वान्दो संघका महासचिव गुरुङले ट्रेनिङ सेन्टरका अलवा त्यस ठाँउमा होस्टल निर्माणको पनि लक्ष्य रहेको उल्लेख गर्दै भने,‘ त्यहाँ अन्य खेल कराते, बक्सिङ वा अन्य खेलको प्रशिक्षण गर्न पनि सकिनेछ ।’
ट्रेनिङ सेन्टर निर्माणका लागि आवश्यक श्रोत जुटाउने पहल तेक्वान्दो संघले लिने बताएको छ । त्यसका लागि संघले सरकार, स्थानिय निकाय, दातृ संस्था र अन्य सम्बन्धित निकायसँग समन्वय गर्ने बताएको छ ।
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय टिम तयारीका निर्देशक दिपक विष्ट अस्ट्रेलियामा आयोजना हुने तेक्वान्दोका दुईवटा कार्यक्रममा भाग लिन शुक्रवार त्यसतर्फ प्रस्थान गरेका छन् । ओलम्पियन विष्ट सोमवार आयोजना हुने न्यु साउथ वेल्स राज्य अन्तर्राष्ट्रिय ओपनमा अतिथिका रुपमा सहभागी हुनेछन्। युथ ओलम्पियन राजन श्रेष्ठ, तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी आलोक राना र भिमसेन गौतमले स्थापना गरेको भिक्ट्री तेक्वान्दो एन्ड […]
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालका अन्तर्राष्ट्रिय मास्टर राजु क्षेत्री विश्व तेक्वान्दो मुख्यालय (कुकिवन) को अन्तर्राष्ट्रिय कमिटीको उपाध्यक्षमा मनोनित भएका छन् । तेक्वान्दोको अन्तर्राष्ट्रिफ रेफ्रीका रुपमा सक्रिय रहदैं आएका क्षेत्री त्यहांसम्म पुग्ने पहिलो नेपाली हुन् । विश्व तेक्वान्दो मुख्यालय कुकिवनका अध्यक्ष डा लि दोङ सुप, विश्व तेक्वान्दोका पूर्व महासचिव मानसिक च्वई र कुकिवनका प्राविधिक समितिका अध्यक्ष क्वान […]
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा भाग लिन नेपालबाट गएका सबै ५ खेलाडीले पदक जितेका छन्। शनिवार करातेकी कीर्तिमानी खेलाडी एरिका गरुङले स्वर्ण र बाँकी सबै खेलाडीले कास्य पदक जितेको नेपाल कराते महासंघका कोषाध्यक्ष किशोर भट्टराईले जानकारी दिए । हिमालयन वारियर एरिकाले ६८ केजी माथि तौल समूहमा विजेता बनेकी हुन् । महिला ६१ केजी […]