default_image

6 years ago

July 30, 2019

कराते टोलीलाई टिसर्ट

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पुराना कराते खेलाडी रवि महर्जनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी रहेको कराते टोलीलाई टि सर्ट प्रदान गरेका छन् ।

कर्मा कन्सट्रक्सनका तर्फबाट महर्जनले झन्डै ५० हजार बराबरको सहयोग गरेको बताइएको छ । कराते टोलीमा अहिले १ सय ८ खेलाडी १८ प्रशिक्षक सहित १ सय ३० जना रहेका छन् । महर्जनले मंगलबार करातेको प्रशिक्षस्थल सातदोबाटोको कराते हलमा पुगेर टिसर्ट प्रदान गरेका थिए ।

मंसिर १५ देखि २४ गते सम्म १३ औं सागका लागि नेपालले १३ औं साग आयोजना गर्दै छ । कराते नेपाली खेलकुदको सफल खेल मध्ये पर्दछ ।

सन् १९९९ मा नेपालमा पछिल्लो पटक आयोजना भएको आठौं सागमा नेपालले कराते र तेक्वान्दोमा प्राप्त गरेको सफलताकै कारण पदक तालिकामा पहिलो पटक दोस्रो स्थान हासिल गरेको थियो । त्यति बेला सागमा पहिलो पटक तेक्वान्दो र कराते समावेश गरिएको थियो ।

यसपटकको साग काठमाडौं र पोखरामा आयोजना गर्ने तयारी भइरहेको छ । महर्जनले यसपटक सागमा स्वर्ण जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा पनि गरेका छन् ।

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

Success

Thank you for your time.