6 years ago
July 24, 2019
अर्जुन कार्की
बागलुङ- आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकिएको १५ दिनपछि विजेताले बागलुङमा बुधबार पुरस्कार वितरण गरिएको छ । असार २३ र २४ गते सञ्चालन भएको प्रतियोगितामा १० स्वर्ण, ७ रजत र १ कास्य पदकसहित सिगाना मावि च्याम्पियन बनेको थियो । सिगानाले उपाधिसहित १५ हजार रुपैयाँ प्राप्त गर्यो ।
१० स्वर्ण, ३ रजत र १० कास्य पदक सहित दोस्रो भएको चिल्ड्रेन लाईफ बोर्डिङले १२ हजार तथा ६ स्वर्ण, २ रजत र २ कासय पदकसहित तेस्रो भएको रुद्रेपिपल माविले ९ हजार रुपैयाँ प्राप्त गर्यो ।
सोही अवसरमा प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई र पोखरामा सम्पन्न भएको प्रदेश राष्ट्रपति रनिङ शिल्डमा सहभागि १२ खेलाडीलाई पुरस्कृत गरिएको थियो ।
गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले खेलकुदका कारण विद्यार्थीहरु गलत क्षेत्रमा लाग्नबाट जोगिएको बताए । उनले खेलकुद स्वास्थ्य र राष्ट्र दुवैका लागि आवश्यकता रहेकाले विद्यार्थीलाई खेलकुदमा समावेश गराउँदा अनुशासनमा रहन सहयोग पुग्ने उल्लेख गरे । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियारले सवै विद्यालयमा एक खेलकुद शिक्षक अनिवार्य नियुक्त गर्नुपर्नेमा जोड दिए ।
प्रतियोगतामा एथ्लेटिक्स तर्फ छात्र र छात्राको १ सय, २ सय, ४ सय, ८ सय, १५ सय मिटर, ३ हजार मिटर तथा रिले तर्फ ४ गुणा १०० र ४ गुणा ४०० मिटर दौड समावेश थियो । त्यस्तै हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ८०० ग्राम र सटफूटमा छात्र तर्फ १२ पाउण्ड र छात्रा तर्फ ८ पाउण्डमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा छात्र÷छात्रा भलिबल, कबड्डी , मार्सल आर्टंसतर्फ कराते, उसु र तेक्वान्दोको प्रतिस्पर्धा पनि गराइएको थियो ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]