6 years ago
June 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तरगतको वर्ष पुरुष खेलाडीमा क्रिकेटका पारस खड्का र सोमपाल कामीसँगै ५ खेलाडी मनोनयनमा परेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चको खेलाडी छनोट समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १६औं संस्करणको अवार्डका लागि ५ खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । उनीहरुले वर्ष २०७५ साल भर गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको छनोट समितिका संयोजक तथा मञ्चका सचिव गोविन्द रेग्मीले जानकरी गराए ।
मनोनयनमा परेका खेलाडी :
क्रिकेटका कप्तान पारस खड्का
क्रिकेटका सोमपाल कामी
पाराग्लाइडिङका युकेश गुरुङ
गल्फका शुक्रबहादुर राई
जुडोका इन्द्र बहादुर श्रेष्ठ
मञ्चले यसअघि अवार्डको सबैभन्दा प्रतिष्ठित विधा पिपल्स च्वाइसको मनोनयन सार्वजनिक गरिसकेको छ । जसमा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी, क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयनमा छन् ।
यसपटकको अवार्ड १७ असारमा कमलादीस्थित नेपाल एकेडेमी हलमा आयोजना हुदैछ । खेलक्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलाडी, प्रशिक्षक, खेलकर्मी र संस्थालाई सम्मान गर्ने ‘स्पोर्ट्स अवार्ड’ नेपाली खेलकुद क्षेत्रकै प्रतिष्ठित कार्यक्रम हो । यसपटक नौ विधा र एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि अवार्ड प्रदान गर्दैछौं ।
लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा असार १७ गते कार्यक्रमकै दिन गरिनेछ । विगतका वर्षमा जस्तै यसपल्ट पनि उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई बजाजको एनएस १६० सीसीको मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरू प्रदान गरिने छ ।
पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ । एसएमएस भोटिङका लागि आप्का नेपालको टीएचटी लाइभ, मुख्य सह–प्रायोजकको रुपमा किरण सु म्यानुफ्याक्चररको मुख्य उत्पादन गोल्डस्टार (पावर्ड बाइ) र अर्को मुख्य सह–प्रायोजकको रुपमा डिस मिडिया नेटवर्क लिमिटेड रहेको छ ।
सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, कामारु ट्रेडिङ प्रालि (अन्तर्राष्ट्रिय ब्राण्ड केल्मेको आधिकारिक बिक्री वितरक केल्मे नेपाल), सगरमाथा सिमेन्ट, रोयल सिंगी होटल, टाइमेक्स, होटल क्राउन प्लाजा, साहस स्पोर्ट्स, इमेजिङ प्रायोजक रहेको छ । अवार्डलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) को पनि सहयोग रहेको छ । अवार्डको प्रत्यक्ष प्रशारण एभिन्युज टेलिभिजनले गर्नेछ ।
March 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गरुङलाई ‘हिमालयन वारियर’ उपनाम दिइएको छ। नेपाल कराते महासंघको आइतबार बाराको निजगढमा भएको दोस्रो वार्षिक साधारण सभाले एरिकालाई उपनाम दिएको हो । गत वर्ष चीनमा आयोजना भएको १९ औं एसियाडमा एतिहासिक रजत पदक जितेकी एरिकाले यो वर्ष चीनमै भएको एसियन च्याम्पियन्सिपमा रजत पदक प्राप्त […]
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता विप्लभलाल श्रेष्ठले अप्रत्याशित रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय करातेबाट सन्न्यासको घोषणा गरेका छन्। नेपाल कराते महासंघ त्यसमा पनि अध्यक्ष युवराज लामाको व्यवहारप्रति असन्तुष्टि जनाउँदै विप्लभले बुधवार पत्रकार सम्मेलनमार्फत सन्न्यासको घोषणा गरेका हुन्। आफू कराते छाडेर विदेश जाने तयारी गरिरहेको विप्लभले बताए। ‘हवीका रुपमा मैले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]