default_image

6 years ago

June 16, 2019

कुराँश टोली थाइल्यान्ड जाने

116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– छैटौं एसियन यू २० कुराँश च्याम्पियनसिप भाग लिन नेपाली टोली सोमबार थाइल्यान्ड जाने भएको छ । ३ खेलाडी, प्रशिक्षक र संघका दुई पदाधिकारीसहित ६ सदस्यीय टोली त्यसतर्फ जान लागेको हो ।

थाइल्यान्डको पतायामा जुन १७ देखि २१ सम्म च्याम्पियनसिपको आयोजना हुने बताइएको छ । संघका उपाध्यक्ष दीपबहादुर सिंहको नेतृत्वमा रहेको टोलीको पुरुष खेलाडीमा विपल तुलाधार (५५ केजी), शेरबहादुर घर्तीमगर (६० केजी) र महिला खेलाडी कृति शेर्मा (५७ केजी) ले प्रतिस्पर्धा गर्नेछन् । टोलीको प्रशिक्षकमा प्रताप घिसिङ रहेका छन् ।

च्याम्पियनसिपकै दौरानमा हुने एसियाली कुराँश महासंघको साधारण सभामा संघकी महासचिव प्रतिक्षा खरेलले भाग लिने छिन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौला ,संघका अध्यक्ष ध्रुबराज न्यौपाने र संघका सल्लाहकार युवराज श्रेष्ठले आइतबार विदाई गरे ।

March 12, 2025

जुडोको वर्कसपमा ५२ सहभागी

काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]

March 9, 2025

जुडोको वर्कसप हुने

काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि‌ ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।

March 2, 2025

पुलिस लगातार चौथो पटक टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]

Success

Thank you for your time.