9 years ago
April 30, 2016
काठमाडौं
नेपाल उमा कुङफु संघले नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी शनिबार विश्व ताइची दिवस मनाएको छ ।
शनिबारै विश्वका विभिन्न ७० राष्ट्रका १ सय भन्दा बढी शहरमा समेत विश्व ताइची दिवस मनाइएको उमा कुङफु संघका सचिव सिद्धार्थ लामाले जनाएका छन् ।
सबै शहरमा स्थानिय समय अनुसार बिहान १० बजे उक्त दिवस मनाउन सुरु गरिएको थियो ।
सो अवसरमा धुम्बाराहीस्थित शंखपार्कमा खेलाडीलगायतले ताइची प्रदर्शनी खेल प्रस्तुत गरेका थिए । ग्रेडिङमा सहभागी मनमैजु शाखा डोजोका खेलाडीलाई प्रमाण पत्र प्रदान गरियो ।
दिवस मनाउन करिब २ सय उमा कुङफु सम्बद्ध शंखपार्कमा भेला भएका थिए ।
त्यस्तै भारतको नयाँ दिल्लीमा गत डिसेम्बारमा भएको छैटौं अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई सम्मान पनि गरिएको थियो ।
उक्त प्रतियोगितामा नेपालले ११ स्वर्ण, ६ रजत र १ कांस्य जितेको थियो ।
सूर्य लामा, रमेश नेपाली र विकास लामाले २–२ तथा श्रद्धा सुब्बा, रविन्द्र मगर, मदन विश्वकर्मा, लक्ष्मण चौलागाईं र चिराग पौडेलले १–१ स्वर्ण हात पारेका थिए ।
श्रृष्टि श्रेष्ठ, मन्जिता तामाङ, नवीनबहादुर सारु, राम चौलागाईं, सागर तामाङ र युक्त युवाले रजत जितेका थिए भने योगराज घलेले कांस्य प्राप्त गरेका थिए । उनीहरुलाई समाजसेवी मनोज शाहीले एक कार्यक्रमबीच सम्मान गरे ।
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती प्रदेश खेलकुद विकास परिषदको बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गर्न लागिएको बताइएको छ। आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गर्नेछिन्। वर्कसपमा ३० देखि ४० जुडो प्रशिक्षक र खेलाडीको सहभागिता रहने जनाइएको छ। वर्कसप नयाँ बजारस्थित मल्टिप्रपोज मार्सलआर्ट केन्द्रमा हुनेछ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]
March 1, 2025
ललितपुर (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन शनिवार पनि नेपाल पुलिस क्लबको वर्चस्व रह्यो। कुमुतेतर्फ आज भएको ७ स्पर्धामा पुलिसले ६ स्वर्ण र एपिएफले १ स्वर्ण पदक जित्यो । दुई दिनमा १२ वटा स्वर्ण पदकको को छिनोफानो हुँदा पुलिसले १० तथा आर्मी र एपिएफले समान १ स्वर्ण पदक प्राप्त […]