9 years ago
April 20, 2016
मित्र राष्ट्र अमेरिकाको न्यू योर्कमा आयोजना हुने हिरोल्ड काई अन्तराष्ट्रिय च्याम्पियनसिपमा सहभागी हुन नेपाली कराते खेलाडी जनक सिंह खड्का बुधबार त्यस तर्फ प्रास्थान गर्ने भएका छन् ।
एक कार्यक्रमविच नेपाल कराते महासंघका अध्यक्ष एवं सितेरियो कराते संघका अध्यक्ष दावा गुरुङ्गले खड्का लाई राष्ट्रिय झन्डा प्रदान गर्दै विदाई गरे । खड्का बुधबारनै त्यस तर्फ प्रस्थान गर्नेछन् ।
अप्रिल २४ तारिख अमेरिकामा आयोजना हुने च्याम्पियनसिप पश्चात मे १४ मा क्यानडाको मोन्टेरियलमा आयोजाना हुने मोन्टेरियल खुला कराते च्याम्पियनसिपमा खड्का सहित अमेरिकामानै रहेका सुनिल लामाले पनि सहभागिता जनाउने खड्काले जानकारी गराए ।
जनक सिंह खड्काले ६७ केजी मुनि र सुनिल लामाले ६० केजी मुनि प्रतिस्पार्धा गर्नेछन् ।
खड्काले २०१४ मा आयोजना भएको युएसए ओपन कराते च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेका थिए ।
विदाई कार्यक्रममा नेपाल कराते महासंघका महासचिव हरिशरण केसी, सदस्य निवास गोपाल बैद्यलगायतको उपस्थिती रहेको थियो ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण पदक जितेको छ । नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । योगेश १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।आइतवार सम्पन्न च्याम्पियनसिपमा नेपालले ३ रजत र ६ कांस्य पदक पनि […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]