default_image

6 years ago

December 22, 2018

नेकोस पाँचौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता पाम च्याम्पियन

124 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद) – पामले नेकोस पाँचौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ८ स्वर्ण, ५ रजत र २ कांस्यसाथ पाम समग्रमा टिम च्याम्पियन बन्यो ।
दोश्रो भएको होप्याड नेपालले ३ स्वर्ण, १ रजत र १ कांस्य हात पा¥यो । २ स्वर्ण र ५ कांस्य जितेको प्राइम जुडो डोजोले तेश्रो स्थानमा चित्त बुझायो ।
नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय जुडो संघ, नेपाल द्वारा आयोजित प्रतियोगिताको पुरुषमा दाङका अशोक बन्था मगर तथा महिलामा प्राइमकी सुनिता मगर उत्कृष्ट खेलाडी घोषित भए ।
नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगिताको पुरुष ३० केजीमुनि दाङका सुन्दर राणा, ४० केजीमुनि पामका प्रवीणकुमार दियाली, ५० केजीमुनि होप्याडका देव लोहार, ६० केजीमुनि पामका जनक तामाङ र ६६ केजीमाथि जापानका सोजी दाइकी पहिलो भए ।
महिला २४ केजीमुनि बाल विकास स्कुलकी समिता नेपाली, ३२ केजीमुनि पामकी विनिता नेपाली, ४१ केजीमुनि प्राइमकी सरिता मगर र ४८ केजीमुनि पामकी रत्ना तामाङले स्वर्ण जिते ।
दुईदिने प्रतियोगिताका विजेतालाई पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेल, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, आयोजक राष्ट्रिय जुडो संघका अध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

February 20, 2025

एरिकालाई के वान युथ लिगमा रजत पदक

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ बिहीवार के वान युथ लिगमा रजत पदक जितेकी छिन् । दुबईमा भएको लिगमा एरिकाले ६८ केजी माथिको तौल समूहमा दोस्रो भएकी उनीसँगै गएकी अफिसियल सविना श्रेष्ठले‌ जानकारी दिइन् । एरिका फाइनलमा इरानी खेलाडीसँग ९-१ ले पराजित भएकी थिइन्। त्यसअघि पहिलो खेलमा भारतीय खेलाडीलाई ८-० ले, […]

February 19, 2025

एरिका लिग खेल्न दुबई गइन्

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ के वान युथ लिग खेल्ने भएकी छिन्। एरिकासहितको टोली लिगका लागि मंगलवार दुबई प्रस्थान गरेको छ । एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । ३ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबारै बिदाइ गरे । प्रशिक्षकमा अमिर राना तथा अफिसियलमा सविना […]

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

Success

Thank you for your time.