9 years ago
March 18, 2016
काठमाडौं, चैत ५ बौद्ध डोजोका उर्गेन लामा र बालाजुका नवीन रसाइलीले तेश्रो राष्ट्रिय खुला रेन्बुकाइ कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।
जोरपाटीको नारायणटारस्थित हिम्स स्कुलमा भएको पुरुष ६० केजीमा उर्गेनले बुढानीलण्ठका सुनील राई तथा ६५ केजीमा नवीनले बुद्ध एकेडेमीका राजिव पुनलाई फाइनलमा पराजित गरे ।
नेपाल रेन्बुकाइ कराते संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ४० केजीमा बालाजुका सुमित तामाङ, ४५ केजीमा आयोजकका राजु लामा तथा ५५ केजीमा एपीआई स्कुलका राजिव पुडासैनीले पहिलो स्थान हात पारे ।
महिलाको २० केजीमा जोरपाटीकी इशा मोक्तान, २५ केजीमा बालाजुकी प्रनिशासिंह ठकुरी, ३० केजमा आनन्दनगरकी गरिमा घिमिरे, ३५ केजीमा मनमैजुकी वर्षा बुढा मगर, ४० केजीमा बालाजुकी अल्बिना नगरकोटी तथा ४५ केजीमा बालाजुकी विभिशिका श्रेष्ठले स्वर्ण जिते ।
दुईदिने प्रतियोगितामा ४ सय १७ खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक रेशम लामाले जनाएका छन् ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण पदक जितेको छ । नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । योगेश १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।आइतवार सम्पन्न च्याम्पियनसिपमा नेपालले ३ रजत र ६ कांस्य पदक पनि […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]