9 years ago
March 17, 2016
काठमाडौं, चैत ४
तेस्रो राष्ट्रिय खुल्ला रेन्वोकाई कराँते च्याम्पियनसिप शुक्रबारबार जोरपाटी नारायणटारस्थित हिम्स स्कुलमा सुरु हुदैछ ।
आयोजकले एक कार्यक्रम गर्दै प्रतियोगिता हुने बारे जानकारी गराएको हो । प्रतियोगितामा नेपालभरका सात प्रदेशबाट सात टिम र कराँतेसँग सम्वन्धित विभिन्न क्षेत्रबाट गरी १७ टिमको सहभागिता रहने आयोजकले जानकारी गराए । पुरुषतर्फ २० देखि ८० भन्दा माथिको तौल समूह तथा महिलामा २० देखि ६० केजीभन्दा माथिको तौल समूह राखिएको छ । खेलरु पुरुष एकल काता र महिला एकल कातामा हुनेछ ।
दुई दिनसम्म चल्ने प्रतियोगितामा २६ स्वर्ण, २६ रजत र ५२ कास्यपदको लागि करिव ४०० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी एरिका गरुङसहित कराते खेलाडी २१ औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपको लागि छनोट भएका छन् । ७ पुरुष र ५ महिला खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् ।नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतवार आयोजना गरेको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन् । पुरुषको ५५ केजीमुनि साजन […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जापानको ओसाकामा आयोजना भएको २१औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले २ स्वर्ण पदक जितेको छ । नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् । योगेश १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन् ।आइतवार सम्पन्न च्याम्पियनसिपमा नेपालले ३ रजत र ६ कांस्य पदक पनि […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- धादिङबेसीमा बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । जय नेपाल स्पोर्टस धादिङको आयोजना तथा नेपाल तेक्वान्दो संघ धादिङको र अन्तरराष्ट्रिय धादिङ समाज को सह आयोजनामा बैशाख २५ देखि २७ गतेसम्म धादिङबेसीको व कभर्ड हलमा संचालन हुने बताइएको छ। प्रदेश भरिबाट झन्डै १२ सय खेलाडी प्रतियोगितामा सहभागी हुने आयोजकको अनुमान छ […]