10 years ago
August 5, 2015
भारतको पुनेमा जारी वाको एशियन किक बक्सिङ च्याम्पियनसिप २०१५ मा नेपालकी रिजन थापा मगरले रजत पदक हात पारेकी छिन् । ६० के.जी तौल समुहको लाइट किक विधा अन्तर्गत भारतकी योगिता खााडेलाई १०–६ ले पराजित गर्दै रजत पदक प्राप्त गरेकी थिईन् ।
सन् २०१७ मा पेरुमा आयोजना हुने विश्व किक बक्सीङ च्याम्पीयनसिपको छनोट चरण समेत रहेको प्रतिस्पर्धामा भने नेपाली बक्सरले निरासाजक प्रदर्शन गरेको पुणेबाट पत्रकार अनिल सिंह ठकुरीले जानकारी गराए ।
पुरुषको स्कोर फाइटिङ अन्तर्गत ५७ के.जी तौल समुहमा नेपालका विवेक लामा कोरियाका किम जिउङ्गोसग ४–१० स्कोर र ६३ के.जी तौल समुहमा खगेन्द्र पुन मगर कोरियाका किम जूनसियोङसग ६–१० ले पराजित भए । नेपालको किक बक्सीङ टोलिले पहिलो पटक स्कोर फाइटीङमा प्रतिस्पर्धा गरेको हो ।
त्यस्तै रिङ फाइटिङतर्फ ५१ के.जी तौल समुहमा नेपालका प्रकाश विष्ट तूर्केमिनीस्तानका हूदयगूल कोमेकोभसग २–० ले पराजित भए । उत्कृष्ट खेलका बावजुद चार माइनस अंकका कारण उनी पराजित भएका थिए । रिङ्गमा उत्रन ढिलो गरेका कारण उनलाई फाइट शुरु हुनूअघि नै कोरयाका निर्णायकले १ माइनस पोइन्ट दिएका थिए ।
एसियन किक बक्सीङमा अब नेपालले ९ खेलमा प्रतिस्पर्धा गर्न बाकी रहेको प्रशिक्षक दिपक श्रेष्ठले जानकारी दिए । उनले खेलमा पराजित भएपनि पहिलो पटक सहभागी भएकाले खेलाडीको प्रदर्शन राम्रै रहेको बताए ।
अव नेपाली किक बक्सिङ टोलिका विल बहादुर तामाङले (५४ के.जी),सन्तोष खड्काले (७५ के.जी) र रुद्र लिम्बलेू(८१ के.जी) तौल समुहमा खेल्नेछन् । सेमी तर्फ भने रामकृष्ण राउत ६५ के.जी र विवस दवाडी ७१ के.जीमा प्रतिस्पर्धा गर्नेछन ।
महिला खेलाडीतर्फ भने बिन्दा नेपालीले ४८ के.जी र आरती तामाङले ५१ के.जीमा प्रतिस्पर्धा गर्दैछन् भने पदक विजेता रिजन थापा मगरले ५४ के.जी तौल समुहमा एक खेल खेल्न बाकी छ ।
त्यस्तै प्रतियोगिताको दौरान नेपालका पााच निर्णायकले एसियाली किक बक्सीङ रेफ्री सेमीनारमा पहिलो पटक सहभागीता जनाएका थिए । उनीहरुलाई विश्व किक बक्सीङ महासघंका उपाध्यक्ष एवम् एसियाली किक बक्सीङ महासघं अध्यक्ष नासर नेसरीले सेमीनारमा तालिम दिएका थिए ।
प्रतियोगितामा ३२ राष्ट्रले सहभागीता जनाएका छन् ।
March 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गरुङलाई ‘हिमालयन वारियर’ उपनाम दिइएको छ। नेपाल कराते महासंघको आइतबार बाराको निजगढमा भएको दोस्रो वार्षिक साधारण सभाले एरिकालाई उपनाम दिएको हो । गत वर्ष चीनमा आयोजना भएको १९ औं एसियाडमा एतिहासिक रजत पदक जितेकी एरिकाले यो वर्ष चीनमै भएको एसियन च्याम्पियन्सिपमा रजत पदक प्राप्त […]
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता विप्लभलाल श्रेष्ठले अप्रत्याशित रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय करातेबाट सन्न्यासको घोषणा गरेका छन्। नेपाल कराते महासंघ त्यसमा पनि अध्यक्ष युवराज लामाको व्यवहारप्रति असन्तुष्टि जनाउँदै विप्लभले बुधवार पत्रकार सम्मेलनमार्फत सन्न्यासको घोषणा गरेका हुन्। आफू कराते छाडेर विदेश जाने तयारी गरिरहेको विप्लभले बताए। ‘हवीका रुपमा मैले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बागमती जुडो जुडो संघ को आयोजनामा बुधवार जुडो खेलको वर्कसप हुने भएको छ। इन्टरनेसनल जुडो फेडेरेसन (आइजेएफ) को नयाँ नियमका बिषयमा जानकारी दिन वर्कसपको आयोजना गरिएको । जापानी जुडो आयुमी मात्सुमोतोले वर्कसप सन्चालन गरेकी हुन्। बागमती प्रदेश खेलकुद परिषदको सहयोगमस भएको एक दिने वर्कसपमा जुडो प्रशिक्षक र खेलाडी गरि ५२ जनाको सहभागिता थियो […]