9 years ago
March 9, 2016
काठमाडौं, फागु २६ राष्ट्रिय टोलीमा पनुरागमनसंगै नेपाल पुलिस क्लबका रञ्जन श्रेष्ठले फिलिपिन्सको मनिलामा १६ र १७ अप्रिलमा हुने रियो ओलम्पिक २०१६ का लागि तेक्वान्दो छनोटमा सहभागिता जनाउने भएका छन् ।
कोटेश्वर तेक्वान्दो डोजाङका उत्पादन रञ्जनले बुधबार घरेलु एरेनामा भएको छनोट खेलमा सुनील पौडेललाई १८–५ ले पराजित गरे । यस अघि सुनीलले चितवनका शेखर उप्रेतीलाई हराउदै रञ्जनसंगको भीडन्त तय गरेका थिए । ओलम्पिक छनोटमा ओलम्पिक स्कलरसीपमा रहेकी निसा रावल र रञ्जनले नेपालको तर्फबाट सहभागिता जनाउने निश्चित भएको छ ।
यसका अलावा १२ औ सागमा रजत पदक विजेता सात खेलाडी मध्यबाट विगतको अन्तराष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन, उत्कृष्टता र सम्भाब्यताको आधारमा अन्य दुइ खेलाडी छनोट हुने छन् । यसै क्रममा नेपाली तेक्वान्दो टोलीले एसियन तेक्वान्दो च्याम्पियनसीप र पारा तेक्वान्दो च्याम्पियनसीपमा सहभागिता जनाउने छ ।
March 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्यो । पुलिस लगातार चौथो पटक च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक […]
March 1, 2025
ललितपुर (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन शनिवार पनि नेपाल पुलिस क्लबको वर्चस्व रह्यो। कुमुतेतर्फ आज भएको ७ स्पर्धामा पुलिसले ६ स्वर्ण र एपिएफले १ स्वर्ण पदक जित्यो । दुई दिनमा १२ वटा स्वर्ण पदकको को छिनोफानो हुँदा पुलिसले १० तथा आर्मी र एपिएफले समान १ स्वर्ण पदक प्राप्त […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मछिन्द्र एफसी केपी ओली कपको फाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशालामा आज भएको दोस्रो सेमिफाइनलमा आयोजक केपी एफसीलाई ४-० को फराकिलो अन्तरमा हराउँदै मछिन्द्रले उपाधि नजिक पुगेको हो । मछिन्द्रले उपाधिको लागि सोमवार त्रिभुवन आर्मी फुटबल क्लबसँग खेल्नेछ। मछिन्द्रको जितमा स्टेफेन जमाहा जालीले २ तथा मनिष डाँगी र रोशन रानाले समान १ […]