default_image

9 years ago

March 9, 2016

हंगेरीमा फुपुले जितिन् स्वर्ण

147 views

0 Bookmark

काठमाडौं, फागुन २६ हंगेरीमा प्रशिक्षणमा रहेकी जुडो खेलाडी फुपु ल्हामु खत्रीले बुढापेष्टमा आयोजित हंगेरी खुला जुनियर जुडो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन् ।  रियो ओलम्पिकको तयारीको क्रममा हंगेरीमा रहेकी उनले ६३ केजी तौलको फाईनलमा हंगरीकी नागी हेनरियत्तालाई वाजारी ओसाईकोमाईको आधारमा पराजित गर्दै स्वर्ण प्राप्त गरेकी हुन् ।

judo phupu
नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्राचार्यले जनाए अनुसार १२ औं दक्षिण एशिाली खेलकुदमा समेत स्वर्ण पदक प्राप्त गर्न सफल उनले सेमिफाइनलमा हंगेरीकै बालोघ सारालाई वाजारी र क्वाटरफाइनलमा किरेकेश ग्रेटालाई इप्पोनमा पराजित गर्दैै फाईनल सम्मको यात्रा तय गरेकी थिईन् ।
६ मार्चमा भएको प्रतिोगितामा उनको तौल समूहमा सात खेलाडीको सहभागित रहेको थियो ।

February 20, 2025

एरिकालाई के वान युथ लिगमा रजत पदक

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ बिहीवार के वान युथ लिगमा रजत पदक जितेकी छिन् । दुबईमा भएको लिगमा एरिकाले ६८ केजी माथिको तौल समूहमा दोस्रो भएकी उनीसँगै गएकी अफिसियल सविना श्रेष्ठले‌ जानकारी दिइन् । एरिका फाइनलमा इरानी खेलाडीसँग ९-१ ले पराजित भएकी थिइन्। त्यसअघि पहिलो खेलमा भारतीय खेलाडीलाई ८-० ले, […]

February 19, 2025

एरिका लिग खेल्न दुबई गइन्

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ के वान युथ लिग खेल्ने भएकी छिन्। एरिकासहितको टोली लिगका लागि मंगलवार दुबई प्रस्थान गरेको छ । एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । ३ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबारै बिदाइ गरे । प्रशिक्षकमा अमिर राना तथा अफिसियलमा सविना […]

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

Success

Thank you for your time.